७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

चौथो बुटवल लन टेनिस प्रतियोगिता जारी, देशैभरका लन टेनिस खेलाडी बुटवलमा



बुटवल । बुटवलमा आजबाट सुरु भएको चौथो बुलवल लन टेनिस प्रतियोगिताको तेस्रो खेलमा वोमन्स सिगलतर्फ ईशाश्री शाहले प्रकृति श्रेष्ठलाई ६–०, ७–६ तथा अर्को खेलमा मायाङका राणाले सर्वानी श्रेष्ठलाई ३–६, ६–१, ६–२ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।

यसैगरि ३५ प्लसमा बुटवलका गोपाल ज्ञवाली, पोखराका राजन पौडेल, बुटवलका रामु बिक विजयी भएका छन । यसैगरि ४५ प्लसतर्फ चन्द्र शाही युएममी, अर्जुन गुरुङ, दोर्जे लामा, गोपी भट्टराई, धर्म लामिछाने, लोक गुरुङ, उत्तम बोगटी, बिमल वाइवा विजयी हुदै क्वाटरफाईनलमा स्थान बनाएका छन ।

वोमन्स डबल्सतर्फ मायाङका राणा र प्रेरणा कोइरालाको जोडीले ईशाश्री शाह र सर्वानी श्रेष्ठको जोडीलाई ६–०, ६–२ ले पराजित गरेका छन भने मेन्स डबल्सतर्फ प्रनव खनाल र सन्तोष खत्रीको जोडीले सौगात बिक र बिष्णु नेपालीको जोडीलाई ६–०, ६–० पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन । भिष्म काउचा र अन्जन थिङको जोडीले दावा शेर्पा र अविनव आचार्यको जोडीलाई ४–६, ६–१, १०–४ को सेटमा पराजित गरेका छन ।

प्रतियोगितामा सिगलतर्फ १ सय ३ जना खेलाडी र डबल्सतर्फ १ सय ३७ खेलाडीले भाग लिएका छन । प्रतियोगिता पुरुष एकलतर्फ एकल, ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथि गरि ४ ईभेन्टमा, यसैगरि महिलामा एकल खुल्ला, पुरुष युगलतर्फ खुल्ला युगल, ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथि गरि ४ ईभेन्ट, महिला युगलतर्फ युगल खुल्ला गरि कुल १० इभेन्टमा हुने उनले बताए । प्रतियोगिताको पुरुष÷महिला सिगल तर्फ उपाधि विजेताले नगद ४५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद २० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि सिगलतर्फ नै पुरुष ३५ वर्षमाथिको विजेता, उपविजेताले क्रमश नगद २० हजार र १० हजार, ४५ वर्षमाथिका विजेता र उपविजेताले क्रमश १५ हजार र १० हजार तथा ५५ वर्षमाथि उमेर समुहको विजेता, उपविजेताले क्रमश १० हजार र ५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक गोपाल ज्ञवालीले बताए ।

डबल्सतर्फको प्रतियोगिता अन्तरगत पुरुष डबल्स÷महिला डबल्सको उपाधि विजेताले नगद १५ हजार, उपविजेताले नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि डबल्सतर्फ ३५÷४५÷५५ वर्ष उमेर माथिका विजेता, उपविजेतालाई क्रमश नगद १५ हजार र १० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।
प्रतियोगिताको १० विधामा पुरस्कारका लागिमात्र ३ लाख ५० हजार रुपैया खर्च हुने खेल संयोजक ज्ञवालीले बताए । चार दिनसम्म संचालन हुने प्रतियोगितामा १६ लाख खर्च हुने अनुमान आयोजकको छ । आज बिहान एक कार्यक्रमका बीच प्रतियोगिताका बुटवल उपमहानगरपालिकाका प्रमुख सशवराज सुबेदीले उदघाटन गरेका थिए । गतवर्ष सम्पन्न तेस्रो खुल्ला लन टेनिस प्रतियोगिताको उपाधि बुटवलका युवा खेलाडी रितिक रानाले चुमेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ६ : ३३ बजे

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।

इरानमाथि कथित आक्रमणपछि इटालीद्वारा ‘तनाव कम गर्न’ आग्रह

इटाली । इजराइलले इरानमाथि आक्रमण गरेको रिपोर्ट आएपछि इटालीका विदेशमन्त्री

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी

चितवन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले