२० मंसिर २०८२, शनिबार | December 6, 2025

चौथो बुटवल लन टेनिसको फाईनल मंगलबार



बुटवल । सोमबार समापन गर्ने लक्ष्यसहित संचालन भएको चौथो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०७७ एक दिन थप गरिएको छ । चौथो दिनको खेल सकिदा ५ ईभेन्टका विजेताको टुगो लागेको छ । सोमबार महिला डबल्सतर्फ अभिलाषा विष्ट र ईरा राउतको जोडी विजयी भएका छन । देविनगर लनटेनिस कम्प्लेक्समा भएको फाईनल खेलमा श्रेष्ठा राई र प्रकृति श्रेष्ठको जोडीलाई ६–१, ६–० को सोझो सेटमा जित्दै उपाधि हात पारे ।

यसैगरि ३५ प्लस डबल्सतर्फ कमल बहादुर भण्डारी र राजु श्रेष्ठको जोडीले उपाधि हात पारेका छन । भण्डारी र श्रेष्ठको जोडीले लोक बहादुर गुरुङ र राजन पौडेलको जोडीलाई ६–०, ६–१ को सेटमा खेल जिते । यसैगरि ४५ प्लस डबल्सतर्फ गोपी बहादुर भट्टराई र धर्मसिह लामिछानेको जोडीले चन्द्र शाही (युएण्ड मि) र राजु श्रेष्ठको जोडीलाई २–६, ६–१, १०–८ को ट्राईबेकरमा जित निकाल्दै उपाधि हात पारेका हुन । यसैगरि ५५ प्लस डबल्सतर्फ धु्रव घले र मनोज रानाको जोडीले राजकुमार गुरुङ र बसन्त प्रधानको जोडीलाई ६–३, ६–१ को सोझो सेटमा जित निकाल्दै उपाधि हात पारेका छन ।

पुरुष सिगलतर्फ उपाधि लागि मंगलबार रितिक राना र सन्तोष खत्री भिड्ने भएका छन । पहिलो सेमीफाईनलमा रितिक रानाले नेपालका एक नम्बरका रेकिङका खेलाडी प्रनव खनाललाई ९–७, ६–४ सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन । यसैगरि अर्को सेमीफाईनलमा सन्तोष खत्रीले निशान श्रेष्ठलाई ६–२, ४–६, ७–४ को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेका छन ।

महिला सिगलतर्फ पहिलो सेमीफाईनलमा प्रेरणाले सलोनी तामाङलाई ६–१, ६–२ तथा दोस्रो सेमीफाईनलमा अभिलाषा विष्टले मायङका राणालाई ६–४, ६–४ को सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन ।

यसैगरि ३५ सिगलतर्फ उपाधिका लागि पुलिसका कमल भण्डारी र बुटवलका संजयप्रकाश श्रेष्ठ बिच भिडन्त हुने भएको छ । सोमबार कमल भण्डारीले रामु बिकलाई ६–०, ६–१ को सोझो सेटमा तथा संजय प्रकाश श्रेष्ठले पोखराका राजन पौडेललाई ६–४, ३–६ र १०–८ को ट्राईबेकरमा जित निकाल्दै उपाधि भिडन्त पक्का गरेका हुन ।

यसैगरि ४५ प्लस सिगलतर्फ पहिलो सेमीफाईनलमा धर्म सिह लामिछानेले उत्तम बोगटीलाई ६–३, ६–१ तथा दोस्रो सेमीफाईनलमा चन्द शाहीले गोपी भट्टराईलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन ।

यसैगरि ५५ प्लस सिगलमा हिमाल शाह र मनोज राणाको बिचमा उपाधि भिडन्त हुने भएको छ । पहिलो सेमीफाईनलमा हिमाल शाहले धु्रव गुरुङलाई ६–३, ६–१ तथा दोस्रो सेमीफाईनलमा मनोज राणाले राजेन्द्र घिमिरेलेलाई ६–०, ६–२ को सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन । मंगलबार पाच ईभेन्टका बाकी खेल हुने प्रतियोगिताको सुपरभाईजर विकास खड्काले बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ६ : ३४ बजे

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले

पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै : गगन थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)