२७ बैशाख २०८३, आइतबार | May 10, 2026

संसद भवन प्रवेश गर्न कोरोना विरुद्धको खोप लगाउन अनिवार्य, सभामुख, मन्त्री र सांसदहरुले बुधबार खोप लगाउने



काठमाडौं । सर्वोच्च अदालतले पुनर्स्थापना गरिदिएपछि २३ गते देखि बस्न गईरहेको प्रतिनिधिसभा बैठक बस्नु अगावै संघिय सरकारका मन्त्री तथा सांसदहरुले कोरोना विरुद्धको खोप लगाउने भएका छन् ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका अनुसार मन्त्री र सांसदहरुलाई खोप लगाउन भोली बुधबारको लागि समय निर्धारण गरिएको छ । सरकारले सभामुख,मन्त्री र सांसदहरुलाई बानेश्वरस्थित सिभिल अस्पतालमा गएर खोप लगाउन आग्रह गरेको छ ।

कोरोनाविरुद्धको खोप बिहान १० बजेदेखि खोप लगाउन सकिने गरि व्यवस्था मिलाईएको केन्द्रले जनाएको छ । यस अघि बसेको संसदको बैठकमा कोरोना परीक्षण गरेरमात्र प्रवेश दिईएकोमा यस पटक भने कोरोना विरुद्धको खोप लगाएर मात्र बैठकमा भाग लिन पाईने व्यवस्था गरिएको छ ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ९ : ४० बजे

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

मूल्य पारदर्शिता सप्ताहलाई महासङ्घको ऐक्यबद्धता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारद्वारा घोषणा गरिएको मूल्य

अमेरिका पक्षधर देशले हर्मुजमा ‘कठिनाइको सामना गर्नुपर्ने’ इरानको चेतावनी

तेहरान । इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको

उद्योग विस्तार र लगानी वृद्धि गर्ने बजेट ल्याउन परिसङ्घको आग्रह

काठमाडौं । आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि