३ पुस २०८२, बिहिबार | December 18, 2025

संसद भवन प्रवेश गर्न कोरोना विरुद्धको खोप लगाउन अनिवार्य, सभामुख, मन्त्री र सांसदहरुले बुधबार खोप लगाउने



काठमाडौं । सर्वोच्च अदालतले पुनर्स्थापना गरिदिएपछि २३ गते देखि बस्न गईरहेको प्रतिनिधिसभा बैठक बस्नु अगावै संघिय सरकारका मन्त्री तथा सांसदहरुले कोरोना विरुद्धको खोप लगाउने भएका छन् ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका अनुसार मन्त्री र सांसदहरुलाई खोप लगाउन भोली बुधबारको लागि समय निर्धारण गरिएको छ । सरकारले सभामुख,मन्त्री र सांसदहरुलाई बानेश्वरस्थित सिभिल अस्पतालमा गएर खोप लगाउन आग्रह गरेको छ ।

कोरोनाविरुद्धको खोप बिहान १० बजेदेखि खोप लगाउन सकिने गरि व्यवस्था मिलाईएको केन्द्रले जनाएको छ । यस अघि बसेको संसदको बैठकमा कोरोना परीक्षण गरेरमात्र प्रवेश दिईएकोमा यस पटक भने कोरोना विरुद्धको खोप लगाएर मात्र बैठकमा भाग लिन पाईने व्यवस्था गरिएको छ ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ९ : ४० बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन