१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

राउटे अगुवाले मुख्यमन्त्री शाहीसँग मागे खाना र पाल



कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राउटे अगुवा दिलबहादुर शाहीले भेट गरेका छन ।

आफ्ना जनताका लागि खानाको समस्या भएको भन्दै मङ्गलबार मुख्यमन्त्री शाहीको कार्यकक्षमा पुगेका दिलबहादुरले गुराँस गाउँपालिकाले चार महिनासम्म भत्ता नदिएको गुनासो गरे ।

गाउँपालिकाले दिने प्रतिव्यक्ति मासिक रु तीन हजार नपाउँदा खानलाई चामल किन्न नसकेकाले भोको पेटमा सरकारसमक्ष बिन्ती बिसाउन आएको उनले बताए। “मेरा जनता भोकले मर्न आँटे । म पनि भोकै यहाँ आएको छु”, उनले भने, “पेटभन्दा ठूलो केही छैन । सरकारले भत्ता र रासनपानी दिएर पठाउनु पर्यो ।”

उनले ४६ घर परिवारका सबैलाई खानका लागि चामल नहुँदा भोकले ठूलो समस्या बनाएको भन्दै जतिसक्दो छिटो सम्बोधन गरिदिन मुख्यमन्त्रीलाई आग्रह गरे । आफ्नै कार्यकक्षमा भोकको समस्या बोकेर आएका राउटे अगुवा दिलबहादुरको टोलीलाई मुख्यमन्त्री शाहीले चिन्ता नलिन आग्रह गरे । उनले राउटेको ४६ घर परिवारका लागि प्रदेश सरकारले खानासहित ओतका लागि व्यवस्थित पाल उपलब्ध गराउने वचन दिए ।

राउटेले मुख्यमन्त्री शाहीलाई काठको कोसी र ठेकी उपहार दिएका थिए । त्यस्तै कर्णाली प्रदेशका प्रमुख सचिव चन्द्रमान श्रेष्ठलाई पनि उनीहरुले कोसी उपहार दिएका थिए । प्रदेश सरकारले केही रासनपानी दिएपछि खुशी भएर उनीहरू फर्केका थिए ।

सङ्घीय सरकारले प्रतिराउटे मासिक रु तीन हजार दिँदै आएकामा कर्णाली प्रदेश सरकारले चालु आवदेखि उनीहरुलाई मासिक रु दुई हजार भत्ता थपेको छ ।

मुख्यमन्त्री शाहीले राउटेलाई स्थायी घर निर्माण गरिदिने प्रस्ताव राख्दा अगुवा दिलबहादुरले आफ्नो फिरन्ते पहिचान मेटिने तर्क गरे । पछिल्लो समयमा उनीहरुलाई अस्थायी भए पनि पालको व्यवस्थित बास बनाउने योजना बनाइएको प्रदेश सरकारले जनाएको छ । रासस

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ७ : ५१ बजे

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर । मोरङको विराटनगर नाका भइ आर्थिक वर्ष २०८२/८३ मा

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई

सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीसहित देशका विभिन्न स्थानमा भएका तनावपूर्ण

प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सत्तारुढ दल राष्ट्रिय

राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्र बैंकलाई थप सक्रिय