१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

महाशिवरात्रि अघि र पछिका शनिबारको बागमती सफाइ पशुपति केन्द्रित



काठमाडौं । महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई स्वच्छ वातावरण दिने उद्देश्यले फागुन २२ र २९ गतेको वाग्मती सफाइ महाअभियान पशुपति क्षेत्रमा केन्द्रित हुने भएको छ ।

वाग्मती सफाइ महाअभियानको बुधबारको बैठकले महाशिवरात्रिअघि र पछिका दुई शनिबार क्रमशः ४०८ औँ र ४०९ औँ हप्ताका कार्यक्रम पशुपति क्षेत्र केन्द्रित गरी गर्ने निर्णय गरेको हो ।

महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा देश विदेशबाट लाखौँ भक्तजन आउने पर्वअघि र पछिका दुवै शनिबारको सफाइ महाअभियान पशुपति क्षेत्र केन्द्रित गरी गर्न लागिएको सफाइ अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

दुवै कार्यक्रम पशुपति क्षेत्रको सूर्यघाटबाट आर्यघाटको बाँधसम्म सफाइ गर्ने गरी तय गरिएको छ । बैठकमा नेपाल सरकारका पूर्वमुख्यसचिव लीलामणि पौडेललगायत अभियानकर्मीको सहभागिता थियो ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलाई महाशिवरात्रिमा भक्तजनलाई स्नान गर्न स्वच्छ पानी व्यवस्था गरिदिन अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको उनले बताए ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान सात वर्षदेखि निरन्तर जारी छ । जाडो, गर्मी, चाडपर्व, भूकम्प, नाकाबन्दी, कोरोना भाइरसको महामारीलगायत प्रतिकूल अवस्थामा पनि अभियानकर्मीले सहजै वाग्मती सफाइ गर्दै आएका छन् ।

वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकामा यसका सहायक नदीसहित चक्रपथ विभिन्न खण्ड, महत्वपूर्ण सांस्कृतिकस्थलमा पनि सफाइ अभियान शुरू भएको छ ।

वाग्मतीको पनि गुह्येश्वरीमाथिको खण्ड, तिलगङ्गा, सुन्दरीघाटलगायत स्थानमा पनि छुट्टाछुट्टै सफाइ अभियान चलिरहेको छ ।

वाग्मती नदी किनारका विभिन्न पुरातात्विक, धार्मिक, सांस्कृतिक र पौराणिक दृष्टिले महत्वपूर्णस्थलमा विशेष मेला, पर्व, जात्रा परेका बेला सफाइ महाअभियान त्यहीँ केन्द्रित हुने गरेको छ । यसैले महाशिवरात्रिअघि र पछिका सफाइ महाअभियान पशुपति क्षेत्र केन्द्रित गर्न लागिएको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ७ : ०१ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर