२९ मंसिर २०८२, सोमबार | December 15, 2025

पछिल्लो २४ घण्टामा विश्वभर चार लाख ३३ हजारभन्दा बढी कोरोना संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घण्टाभित्र विश्वभर चार लाख ३३ हजार चार सय ३४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा कोरोनाका कारण विश्वमा नौ हजार दुई सय ९४ जनाको मृत्यु भएको छ ।

योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ११ करोड ६६ लाख ४६ हजार पाँच सय ६९ पुगेको छ । कोरोना संक्रमणका कारण हालसम्म २५ लाख ९० हजार नौ सय ४५ जनाको मृत्यु भइसकेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार गत २४ घण्टामा ब्राजिलमा सबैभन्दा बढी ७५ हजार तीन सय ३७ जना नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा त्यहाँ एक हजार सात सय ६० जनाको मृत्यु भएको छ ।

अमेरिकामा ६३ हजार पाँच सय ५६ जना नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा त्यहाँ एक हजार छ सय ४५ जनाको मृत्यु भएको छ ।

बेलायतमा थप पाँच हजार नौ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण दुई सय ३६ जनाको मृत्यु भएको तथ्यांक छ ।

भारतमा १८ हजार दुई सय ९२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा त्यहाँ एक सय नौ जना संक्रमितको मृत्यु भएको छ । रूसमा पछिल्लो २४ घण्टामा ११ हजार २४ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने चार सय ६२ जनाको मृत्यु भएको छ ।

यस्तै, फ्रान्समा २३ हजार पाँच सय सात, दक्षिण अफ्रिकामा एक हजार तीन सय १३, कोलम्बियामा तीन हजार तीन सय ७१, मेक्सिकोमा सात हजार पाँच सय २१, इरानमा आठ हजार तीन सय ६७, जर्मनीमा नौ हजार पाँच सय ८१, इटलीमा २४ हजार ३६, स्पेनमा छ हजार छ सय ५४, टर्कीमा ११ हजार तीन सय दुई तथा अर्जेन्टिनामा सात हजार आठ सय ९१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ८ : ०३ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती