२७ बैशाख २०८३, आइतबार | May 10, 2026

संसदीय दल बैठकमा ११५ जना सांसद उपस्थित भएको ओली पक्षको दाबी



काठमाडौं । ओली पक्षीले आफुले आयोजना गरेको संसदीय दलको बैठकमा ११५ जना सांसद उपस्थित भएको दाबी गरेको छ ।

बालुवाटारमा सम्पन्न संसदीय दलको बैठकमा प्रतिनिधिसभाका ९१ जना सांसद उपस्थित भएको ओली पक्षले दाबी गरेको हो । यसैगरी राष्ट्रिय सभाका २४ जना सांसद समेत गरी ११५ जना सांसद उपस्थित भएको राष्ट्रिय सभाका सचेतक खिमलाल भट्टराईले बताएका छन् ।

बैठकबारे जानकारी दिँदै सचेतक भट्टराईले ‘अविश्वासको प्रस्ताव ल्याउन कसैले हिम्मत नगर्ने बताए । उनले बाहिर भएका सांसदहरु पनि मुल घरमै फर्किने दाबी गरे ।

दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अर्को पक्षमा रहेका थप सांसदहरु आफुहरुतिर आउने बताएको भट्टराईले जनाए । ओलीले सांसदहरुलाई संसदीय गतिविधिमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन दिएका छन् ।

शुक्रबार प्रचण्ड नेपाल पक्षको संसदीय दलको बैठकमा ११५ जना सांसदहरु उपस्थित भएको सो पार्टीले दाबी गरेको थियो । बहुमत सांसदहरुको उपस्थितिमा ओलीलाई दलको नेताबाट हटाएर प्रचण्डलाई नेता बनाएको थियो ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ५ : ०९ बजे

उद्योग विस्तार र लगानी वृद्धि गर्ने बजेट ल्याउन परिसङ्घको आग्रह

काठमाडौं । आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि

संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशको सिफारिस भएको हो : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ?

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबार (हिजो) देखि

पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबार (हिजो) देखि

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ