१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित, अर्को बैठक फागुन २६ गते दिउँसो १ बजे



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधका कारण १० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

बैठक सञ्चालन गर्ने विषयमा दलहरुबीच सहमति नबनेपछि सभामुख सापकोटाले सूचना टाँस गरेर बुधबार दिउँसो १ बजेसम्म बैठक स्थगित गसेका हुन् ।

सर्वोच्च अदालतको आदेशपछि पहिलो पटक बसेको बैठकको सुरुमै सरकारले अध्यादेश पेश गर्न खोजेपछि प्रचण्ड-नेपाल पक्षको नेकपाका सांसदहरुले बैठक बहिस्कार गरेका थिए ।

प्रचण्ड-नेपाल पक्षको बहिस्कार पछि पनि सभामुख सापकोटाले अध्यादेश पेश गर्ने प्रक्रिया अघि बढाएपछि प्रमुख प्रतिपक्षी दल काँग्रेसका सांसदहरुले विरोध गरेका थिए । विरोधकै बीच सभामुखले कानुनमन्त्रीलाई अध्यादेश पेश गर्न समय दिएपछि काँग्रेस सांसदहरुले बेल घेराऊ गरेका थिए । उनीहरुले संविधानको मर्म विपरित ल्याएको संबैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्न माग गर्दे नाराबाजी गरेका थिए।

संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरोधमा जनता समाजवादी पार्टी जसपाका सांसदहरुले पनि उठेर विरोध गरेका थिए ।
त्यसपछि १० मिनेट भन्दै स्थगित भएको बैठकमा सहमति जुट्न नसकेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

 

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ६ : ५० बजे

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल