७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित, अर्को बैठक फागुन २६ गते दिउँसो १ बजे



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधका कारण १० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

बैठक सञ्चालन गर्ने विषयमा दलहरुबीच सहमति नबनेपछि सभामुख सापकोटाले सूचना टाँस गरेर बुधबार दिउँसो १ बजेसम्म बैठक स्थगित गसेका हुन् ।

सर्वोच्च अदालतको आदेशपछि पहिलो पटक बसेको बैठकको सुरुमै सरकारले अध्यादेश पेश गर्न खोजेपछि प्रचण्ड-नेपाल पक्षको नेकपाका सांसदहरुले बैठक बहिस्कार गरेका थिए ।

प्रचण्ड-नेपाल पक्षको बहिस्कार पछि पनि सभामुख सापकोटाले अध्यादेश पेश गर्ने प्रक्रिया अघि बढाएपछि प्रमुख प्रतिपक्षी दल काँग्रेसका सांसदहरुले विरोध गरेका थिए । विरोधकै बीच सभामुखले कानुनमन्त्रीलाई अध्यादेश पेश गर्न समय दिएपछि काँग्रेस सांसदहरुले बेल घेराऊ गरेका थिए । उनीहरुले संविधानको मर्म विपरित ल्याएको संबैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्न माग गर्दे नाराबाजी गरेका थिए।

संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरोधमा जनता समाजवादी पार्टी जसपाका सांसदहरुले पनि उठेर विरोध गरेका थिए ।
त्यसपछि १० मिनेट भन्दै स्थगित भएको बैठकमा सहमति जुट्न नसकेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

 

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ६ : ५० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई