२२ बैशाख २०८३, मंगलबार | May 6, 2026

आजको मौसम : पहाडी क्षेत्रमा अपरान्हपछि मेघ गर्जन र चट्टयाङसहित क्षणिक वर्षा, बाँकी क्षेत्रमा मौसम सफा



काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । हाल देशका पहाडी भू-भागहरूको मौसममा आंशिक बदली रहेको छ ।

देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ । आज काठमाडौंको न्युनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २५ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ । देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने सम्भावना छ ।

अपरान्ह पश्चात गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागका एक, दुई स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशका पहाडी भू-भागहरुको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ । देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने सम्भावना छ ।

प्रदेश नं १ को पहाडी भू-भागहरुका एक, दुई स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ६ : ५१ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि