२ पुस २०८२, बुधबार | December 17, 2025

कोमल वलीद्वारा रघु पन्त विरुद्ध गालीबेइज्यती मुद्दा दायर



काठमाडौं । नेकपा एमालेका नेता रघु पन्त विरुद्ध एमालेबाटै राष्ट्रिय सभाको सांसद कोमल वलीले गाली व्यइज्यती मुद्दा दायर गरेकी छिन् ।

पन्तले आफु विरुद्ध आपत्तिजनक शब्द प्रयोग गर्दै अभिव्यक्ति दिएको भन्दै ओलीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।

गत फागुन १५ गते आयोजित एक कार्यक्रममा नेता पन्तले वली विरुद्ध लैङ्गिक हिंसा जन्य शब्द प्रयोग गर्दै आलोचना गरेका थिए । पन्तको अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि उनले माफी समेत मागेका थिए । नेता पन्तले गरेको टिप्पणीले आफुलाई चोट पुगेको तथा समस्त आमा, दिदीबहिनीहरुको मान प्रतिष्ठामा चोट पुगेकाले मुद्धा दायर गर्नुपरेको राष्ट्रिय सभा सदस्य वलीेले बताइन । नेता पन्तको टिप्पणीले सम्पूर्ण आमा, दिदीबहिनीहरु माथि लैंगिक हिंसा भएको उनको भनाइ छ ।

मुद्दा दायर गरेपछि ओलीले भनिन, ‘उहाँले माफी माग्नुभएको छैन । मेरो आशय त्यस्तो थिएन भन्नुभएको छ । त्यसकारण उहाँले म सँग माफि पनि माग्नुभएको छैन । पन्तको अभिव्यक्तिले सबै आमा दिदीबहिनीहरु माथि लैंगिक हिंसा भएको हुनाले, यौनिक उत्पीडनको कुरा भएको हुनाले, यौनिकता, महिला शोषणको कुरा भएकाले कानुनी प्रक्रियामा जाने मैले निर्णय गरे । अदालतले जे निर्णय गर्छ त्यसलाई मैले आत्मसात् गर्नेछु ।

सांसद वलीले आफु माथिल्लो सदनको विधायिका भएको हुनाले आफुले आत्मसम्मानको खोजी गर्न नसके, न्यायको खोजी गर्न र न्यायको लागि बोल्न नसके अरुको अवस्था पनि त्यस्तै हुने भन्दै अदालत आउनु बाध्यता भएको बताइन ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १ : २० बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको