६ बैशाख २०८१, बिहिबार | April 19, 2024

सरकार र संसदबारे कांग्रेस र जसपासँग संवाद गर्ने माओवादी केन्द्रको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ सरकार र संसदबारे नेपाली काँग्रेस र जनता समाजवादी पार्टी जसपासँग संवाद गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले तत्कालै दुवै दलसँग संवाद गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले बताए । बैठकले नेकपा एमालेसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

बैठकले ओली सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । नेता श्रेष्ठले भने, अहिले नै समर्थन फिर्ता लिनेबारे भने कुनै निर्णय भएको छैन । हामीले एमालेसँग पनि छलफल जारी राखेका छौँ । तर, अहिले मुख्य जोड नेपाली काँग्रेस र जसपासँगको छलफलमा छ ।’

बैठकले फागुन २९ गते केन्द्रीय कमिटीको बैठक र चैत्र १ गते कार्यकर्ता भेला गर्ने पनि निर्णय गरेको श्रेष्ठले बताए । बैठक भोलि दिउँसो पनि बस्नेछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ३ : ४९ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी