१६ असार २०८३, मंगलबार | July 1, 2026

सरकार र संसदबारे कांग्रेस र जसपासँग संवाद गर्ने माओवादी केन्द्रको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ सरकार र संसदबारे नेपाली काँग्रेस र जनता समाजवादी पार्टी जसपासँग संवाद गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले तत्कालै दुवै दलसँग संवाद गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले बताए । बैठकले नेकपा एमालेसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

बैठकले ओली सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । नेता श्रेष्ठले भने, अहिले नै समर्थन फिर्ता लिनेबारे भने कुनै निर्णय भएको छैन । हामीले एमालेसँग पनि छलफल जारी राखेका छौँ । तर, अहिले मुख्य जोड नेपाली काँग्रेस र जसपासँगको छलफलमा छ ।’

बैठकले फागुन २९ गते केन्द्रीय कमिटीको बैठक र चैत्र १ गते कार्यकर्ता भेला गर्ने पनि निर्णय गरेको श्रेष्ठले बताए । बैठक भोलि दिउँसो पनि बस्नेछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ३ : ४९ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी