१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

लुम्बिनी प्रदेशस्तरिय बास्केटबल क्याम्प सम्पन्न



बुटवल । रुपन्देहीमा ३ हप्ते बास्केटबल क्याम्प सम्पन्न भएको छ ।

रुपन्देही बास्केटबल संघको आयोजना नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा ३ हप्ते क्याम्प सम्पन्न भएको हो ।

युवा खेलाडीहरुलाई प्राविधिक ज्ञानसंगै क्षमतावान खेलाडी पहिचान गराउने गरि २१ दिने कोच क्लिनिक, रेफ्रि क्लिनिक र प्रदेश भरिका ५० जना युवाहरुलाई बास्केटबल तालिम दिईएको हो ।

खेलाडीहरुले २१ दिनसम्म बास्केटबलका सामान्य नियमदेखि खेलका प्राविधिक पक्षहरुमा तालिम दिईएको अध्यक्ष मनिष कुमार हेजुले बताए । रुपन्देहीको देविनगरस्थित भुपुसैनिक बास्केटबल कोर्ट, सिद्धेश्वरी बास्केटबल कोर्ट र पृतना हेटक्वाटरमा कार्यक्रम भएको थियो ।

राष्ट्रिय खेलकुद परिषद अन्तरगत नेपाल बास्केटबल संघका प्रमुख कोच दिनेश चन्द्र नकर्मी, नेपाल महिला टिमका हेड कोच विकास शाही, सहायक कोच निरंजन सत्यालबाट तालिम सहजिकरण गरिएको थियो ।

नेपाल बास्केटबल संघका कार्यबाहक अध्यक्ष होम डोङ्गले खेलको विकासका लागि नियमित प्रशिक्षणसंगै प्रतियोगिता जरुरी हुने बताए । विशेषगरि दक्ष प्राविधिक जनशक्तिहरुको अभाव छ ।

उनले भने । यो काठमाण्डौमा विद्यालयस्तरमा नै सिमित भईरहेको उनले बताए । तराई क्षेत्रमा लैजान सके र खेलाडीहरु तयार गर्न सके अन्तरराष्ट्रिय स्तरमा सम्भावना बोकेको खेल भएको उनले बताए ।

जनशक्ति उत्पादन र खेलाडी जन्माउने गरि तालिम र विकासमा सरकारको लगानी जरुरी रहेको छ । देशका २७ जिल्लाहरुमा बास्केटबलको शाखा रहेको बताए । साग गेमपछि केन्द्र सुस्ताएको छ ।

चाईनामा हुने बिच एशियन गेमका लागि मेन्स र वुमन्सको ३ बाई ३ गेमको ट्रेनिङ शुरु गरेको उनले बताए । नेपालमा काठमाण्डौ केन्द्रमा ४ जना र पुर्वमा एकजना गरि जम्मा ५ जना प्रशिक्षक रहेका छन ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ९ : ४९ बजे

इरानी आक्रमणबाट मृत्यु भएका नेपाली गोरखाका दिवस श्रेष्ठ

यूएई । इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपाली युवकको पहिचान

सल्यानमा रास्वपाको प्रचार गाडीबाट मदिरा र खाद्यान्न बरामद, जिप प्रहरी नियन्त्रणमा

सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव प्रचारमा प्रयोग भइरहेको

निर्वाचनमा उत्साहका साथ सहभागी हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते सम्पन्न

इजरायल–इरान द्वन्द्व मध्यपूर्व क्षेत्रभरि फैलियो

इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि इजरायल,

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने