काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।
बैठकमा प्रधानमन्त्री ओली विरुद्ध कसरी अघि बढ्ने भन्ने विषय, नयाँ सत्ता समिकरण र पार्टीको संगठन विस्तारबारे छलफल हुने बताइएको छ ।
बैठकमा नयाँ सरकार गठनका लागि काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी जसपाका नेता बाबुराम भट्टराईसँग हिजो भएको छलफलका बारेमा अध्यक्ष प्रचण्डले ब्रिफिङ गर्नेछन् ।
मंगलबार बसेको बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन । यद्यपी, नयाँ सत्ता समिकरण नबन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्री ओलीले एकमहिनासम्म चलखेल गर्ने समय पाउने माओवादीको बुझाई छ ।
प्रतिक्रिया