७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

सत्ता समीकरणबारे अन्य दलहरुसँग थप छलफल गर्ने माओवादी निर्णय



काठमाडौं । नेकपा माओवादीले नयाँ सरकार निर्माणका लागि थप गृहकार्य गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले नयाँ सत्ता समीकरणका लागि अन्य दलसँग थप छलफल गर्ने निर्णय गरेको हो ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन तत्कालै फिर्ता नगर्ने निर्णय भएको बताए । श्रेष्ठले सर्वोच्च अदालतको फैसलापछि नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा गर्नुपर्नेमा नगरेको भन्दै अब अन्य दलहरुसँग छलफल गरेर निस्र्कषमा पुगिने बताए ।

श्रेष्ठले पुनर्स्थापित संसद दुई वर्ष चल्नुपर्ने र यही संसदले नयाँ सरकार दिनुपर्ने बताउँदै अन्य दलहरुसँग सरकार गठनबारे सबै विकल्पमा वार्ता र छलफललाई अघि बढाइने जनाए ।

बैठकमा अध्यक्ष प्रचण्डले कांग्रेस र जसपासँग मंगलबार भएको छलफलबारे जानकारी गराएका थिए ।
बैठकले संगठन निर्माणबारे निर्णय लिन चार सदस्यीय कार्यदल बनाएको छ । वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल रहेको कार्यदल गठन गरिएको नेता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १ : ४२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल