१२ बैशाख २०८१, बुधबार | April 24, 2024

बुटवलमा खुल्यो मस्त बनारसी पान पसल



बुटवल । बुटवलमा पहिलो पटक बनारसी पान पसलको बिक्रीकक्ष संचालनमा आएको छ । पछिल्लो समयमा पान प्रतिको अभिरुची राख्ने उपभोक्ता बढेसँगै बुटवलमा बनारसी पान पसल संचालनमा ल्याईएको संचालकहरुले जनाएका छन् ।

४८ भेराईटीका बिभिन्न पानहरु उपलध भएको बनारसी पान पसलमा सुर्तीजन्य पान भने उपलब्ध नहुने पसलका संचालक प्रविण ज्ञवालीले बताए । भारतमा चर्चामा रहेको बनारसी पान पसलको सहकार्यमा नेपालमै पहिलो पान पसलकारुपमा बनारसी पान पसल संचालनमा आएको ज्ञवालीले दाबी गरे ।

आजबाट संचालनमा आएको पान पसलको कलिउडकी चर्चित अभिनेत्री वर्षा राउत र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष राम प्रसाद गौतमले संयुक्तरुपमा उदघाटन गरेका थिए ।

पसलको शुभारम्भमा राउत सहित सिनेक्षेत्रका कलाकारहरुले सांगितीक प्रस्तुती गरेका थिए । २५ लाख लगानीमा खुलेको पसलले उच्च घराना र धनीवर्गलेमात्र पान खान्छन् भन्ने अवधारणालाई चिर्दै मध्यम र निम्न मध्यम वर्गलाई पनि पानको पहुँच दिन पसल संचालनमा ल्याईएको संचालक ज्ञवालीले बताए । संचालक ज्ञवालीका अनुसार न्युनतम ३० रुपैयाँ देखि १३५ रुपैयाँ सम्मको पानहरु पसलमा उपलब्ध हुने छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ६ : १८ बजे

सडक दुर्घटनामा तीन जनाको मृत्यु

झापा । झापाको शिवसताक्षी-८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा

कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम

आजदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुदैं

काठमाडौं । गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको