६ श्रावण २०८३, बुधबार | July 22, 2026

बुटवलमा खुल्यो मस्त बनारसी पान पसल



बुटवल । बुटवलमा पहिलो पटक बनारसी पान पसलको बिक्रीकक्ष संचालनमा आएको छ । पछिल्लो समयमा पान प्रतिको अभिरुची राख्ने उपभोक्ता बढेसँगै बुटवलमा बनारसी पान पसल संचालनमा ल्याईएको संचालकहरुले जनाएका छन् ।

४८ भेराईटीका बिभिन्न पानहरु उपलध भएको बनारसी पान पसलमा सुर्तीजन्य पान भने उपलब्ध नहुने पसलका संचालक प्रविण ज्ञवालीले बताए । भारतमा चर्चामा रहेको बनारसी पान पसलको सहकार्यमा नेपालमै पहिलो पान पसलकारुपमा बनारसी पान पसल संचालनमा आएको ज्ञवालीले दाबी गरे ।

आजबाट संचालनमा आएको पान पसलको कलिउडकी चर्चित अभिनेत्री वर्षा राउत र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष राम प्रसाद गौतमले संयुक्तरुपमा उदघाटन गरेका थिए ।

पसलको शुभारम्भमा राउत सहित सिनेक्षेत्रका कलाकारहरुले सांगितीक प्रस्तुती गरेका थिए । २५ लाख लगानीमा खुलेको पसलले उच्च घराना र धनीवर्गलेमात्र पान खान्छन् भन्ने अवधारणालाई चिर्दै मध्यम र निम्न मध्यम वर्गलाई पनि पानको पहुँच दिन पसल संचालनमा ल्याईएको संचालक ज्ञवालीले बताए । संचालक ज्ञवालीका अनुसार न्युनतम ३० रुपैयाँ देखि १३५ रुपैयाँ सम्मको पानहरु पसलमा उपलब्ध हुने छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ६ : १८ बजे

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक