७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपाल पक्षधर एमाले स्थायी कमिटी सदस्यहरुबीच छलफल हुँदै



काठमाडौं । नेकपा एमालेका माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुबीच आज छलफल हुनेभएको छ ।

नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुबीच नयाँ वानेश्वरस्थित अर्याल होटलमा छलफल हुने भएको हो । बुधबार मात्रै नेपाल काठमाडौंमा उपलब्ध नेपाल पक्षधर केन्द्रीय सदस्यहरुबीच छलफल भएको थियो ।

नेकपा एमालेको स्थायी कमिटीमा नेपाल पक्षधर नेताहरुको बहुमत रहेको छ । तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र स्थायी कमिटीमा पूर्व माओवादी पक्षधर नेताहरु एवं नेकपाछँदा नियुक्ति पाएका नेताहरुलाई निरन्तरता दिन खोजेका छन् ।

नेपाल पक्षले नेकपा खारेज भएपछि पूर्ववत अवस्थामा फर्किएको एमालेको संरचना महाधिवेशनबाट बनेको कमिटी नै हुनुपर्ने जिकिर गरेको छ । बहुमतको नाममा जबरजस्ती गरिए त्यसैअनुसार प्रतिवाद गर्ने नेपाल पक्षधरको तयारी रहेको छ ।

नेकपा बन्नुअघि एमाले स्थायी कमिटीमा माधव नेपाल निकट ११ नेता स्थायी कमिटी सदस्य छन् । ओली पक्षमा भने सात जना मात्रै रहेका छन् । वामदेव गौतम तटस्थ रहेका छन् भने विद्यादेवी भण्डारी राष्ट्रपति भएपछि उनको पद खाली छ ।

 

 

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  १२ : ५९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई