१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपाल पक्षधर एमाले स्थायी कमिटी सदस्यहरुबीच छलफल हुँदै



काठमाडौं । नेकपा एमालेका माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुबीच आज छलफल हुनेभएको छ ।

नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुबीच नयाँ वानेश्वरस्थित अर्याल होटलमा छलफल हुने भएको हो । बुधबार मात्रै नेपाल काठमाडौंमा उपलब्ध नेपाल पक्षधर केन्द्रीय सदस्यहरुबीच छलफल भएको थियो ।

नेकपा एमालेको स्थायी कमिटीमा नेपाल पक्षधर नेताहरुको बहुमत रहेको छ । तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र स्थायी कमिटीमा पूर्व माओवादी पक्षधर नेताहरु एवं नेकपाछँदा नियुक्ति पाएका नेताहरुलाई निरन्तरता दिन खोजेका छन् ।

नेपाल पक्षले नेकपा खारेज भएपछि पूर्ववत अवस्थामा फर्किएको एमालेको संरचना महाधिवेशनबाट बनेको कमिटी नै हुनुपर्ने जिकिर गरेको छ । बहुमतको नाममा जबरजस्ती गरिए त्यसैअनुसार प्रतिवाद गर्ने नेपाल पक्षधरको तयारी रहेको छ ।

नेकपा बन्नुअघि एमाले स्थायी कमिटीमा माधव नेपाल निकट ११ नेता स्थायी कमिटी सदस्य छन् । ओली पक्षमा भने सात जना मात्रै रहेका छन् । वामदेव गौतम तटस्थ रहेका छन् भने विद्यादेवी भण्डारी राष्ट्रपति भएपछि उनको पद खाली छ ।

 

 

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  १२ : ५९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज