१ पुस २०८२, मंगलबार | December 16, 2025

माओवादी केन्द्रले पुरानै संगठन ब्युँताउने



काठमाडौं । नेकपा माओवादी केन्द्रले पुरानै संगठनलाई ब्युँताउने भएको छ । माओवादी केन्द्रको चार सदस्यीय कार्यदलको पहिलो बैठकमा पुरानै संगठनलाई ब्युँताउने बारेमा छलफल अघि बढेको हो ।

बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा झण्डै चार घण्टा बसेको नयाँ परिस्थितिअनुसार सांगठनिक कामलाई पूर्णता दिन बनेको उक्त चार सदस्यीय कार्यदलको पहिलो बैठकमा कार्यदलका सदस्यहरुले संगठनात्मक क्षेत्रमा गर्नुपर्ने व्यवस्थापनका कामका बारेमा आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

कार्यदल सदस्य गिरिराजमणि पोखरेलका अनुसार भोलि अर्को बैठक बसेर थप खाका बन्ने जानकारी दिए । बुधबार बसेको माओवादी स्थायी समितिको बैठकले नेताहरु जनार्दन शर्मा, पम्फा भुषाल, वर्षमान पुन र गिरिराजमणि पोखरेल सम्मिलित कार्यदल गठन गरेको थियो ।

सर्वोच्चको फैसलापछिको अवस्थामा पार्टीमा आएको उत्तरचढाव, विभिन्न पार्टी कमिटीमा रहेका रिक्त स्थानको पदपूर्ति, अन्य पार्टीबाट आएकाहरुको व्यवस्थापन लगायतका विषयलाई समेटेर प्रतिवेदन तयार पारिने पोखरलेको भनाई छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  ३ : ४४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज