७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

एमालेमा नेपाल पक्षको समानान्तर कमिटी, ७ वटै प्रदेशका संयोजक तोकियो



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवौ महाधिवेशबाट ओलीसँगै बिजयी भएका पदाधिकारीबाट निस्काशन गरेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि पार्टी गतिबिधिका लागि भन्दै समानान्तर कमिटी निर्माण गरेको छ । माधव पक्षेको केन्द्रीय कमिटीको बैठकले एमाले पार्टीको समानान्तर कमिटी बनाएको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नेपाल पक्षलाई थाहै नदिई माहाधिवेशनबा निर्वाचित पदधिकारीको जिम्मेवारी खोस्दै माओवादीबाट एमालेमा बस्ने निर्णय गरेका २३ जनालाई केन्द्रीय सदस्य सहित पार्टीका बिभिन्न जिम्मेवारीमा खटाएपछि नेपाल पक्षबाट समानात्नर कमिटी निर्माण भएको बताईएको छ । ओली पक्षले सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरोका सदस्यहरुलाई समेत जानकारी नदिई महाधिवेशनको मिति समेत तोकेपछि नेमालपक्षले समानात्नर कमिटी बनाउन बाध्य भएको नेपाल पक्षका एक नेताले बताए ।

आइतबार शंखमुलस्थित ए वान ए वान क्याफेमा बसेको केन्द्रीय समिति बैठकले पार्टी कामको संयोजनका लागि भन्दै नेताहरुलाई जिम्मेवारी सहित अलग सांगठानिक संरचना घोषणा गरेको छ ।

नेपाल समूहले प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णाली प्रदेशमा युवराज ज्ञवाली र सुदूर पश्चिम प्रदेशमा भीम रावललाई पार्टी कामको संयोजन गर्ने जिम्मेवारी दिईएको छ ।

त्यस्तै विभागतर्फ महिला विभागमा अष्टलक्ष्मी शाक्य, प्रचार विभागमा योगेश भट्टराई, विद्यार्थी सवभागमा गोकर्ण विष्ट, युवा विभागमा रघुजी पन्त र बुद्धिजीवी विभागको संयोजन गर्ने गरि प्रमेश हमाल लाई जिम्मेवारी तोकिएको छ ।

बैठक अहिले पनि जारी रहेको र बैठकमा पार्टीको कानुनी प्रावधानबारे अधिवक्ता गोविन्द वन्दी र टिकाराम भट्टराईले जानकारी दिँदै गरेको ती नेताले बताए।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ३ : ४० बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल