२७ बैशाख २०८३, आइतबार | May 10, 2026

एमालेमा नेपाल पक्षको समानान्तर कमिटी, ७ वटै प्रदेशका संयोजक तोकियो



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवौ महाधिवेशबाट ओलीसँगै बिजयी भएका पदाधिकारीबाट निस्काशन गरेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि पार्टी गतिबिधिका लागि भन्दै समानान्तर कमिटी निर्माण गरेको छ । माधव पक्षेको केन्द्रीय कमिटीको बैठकले एमाले पार्टीको समानान्तर कमिटी बनाएको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नेपाल पक्षलाई थाहै नदिई माहाधिवेशनबा निर्वाचित पदधिकारीको जिम्मेवारी खोस्दै माओवादीबाट एमालेमा बस्ने निर्णय गरेका २३ जनालाई केन्द्रीय सदस्य सहित पार्टीका बिभिन्न जिम्मेवारीमा खटाएपछि नेपाल पक्षबाट समानात्नर कमिटी निर्माण भएको बताईएको छ । ओली पक्षले सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरोका सदस्यहरुलाई समेत जानकारी नदिई महाधिवेशनको मिति समेत तोकेपछि नेमालपक्षले समानात्नर कमिटी बनाउन बाध्य भएको नेपाल पक्षका एक नेताले बताए ।

आइतबार शंखमुलस्थित ए वान ए वान क्याफेमा बसेको केन्द्रीय समिति बैठकले पार्टी कामको संयोजनका लागि भन्दै नेताहरुलाई जिम्मेवारी सहित अलग सांगठानिक संरचना घोषणा गरेको छ ।

नेपाल समूहले प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णाली प्रदेशमा युवराज ज्ञवाली र सुदूर पश्चिम प्रदेशमा भीम रावललाई पार्टी कामको संयोजन गर्ने जिम्मेवारी दिईएको छ ।

त्यस्तै विभागतर्फ महिला विभागमा अष्टलक्ष्मी शाक्य, प्रचार विभागमा योगेश भट्टराई, विद्यार्थी सवभागमा गोकर्ण विष्ट, युवा विभागमा रघुजी पन्त र बुद्धिजीवी विभागको संयोजन गर्ने गरि प्रमेश हमाल लाई जिम्मेवारी तोकिएको छ ।

बैठक अहिले पनि जारी रहेको र बैठकमा पार्टीको कानुनी प्रावधानबारे अधिवक्ता गोविन्द वन्दी र टिकाराम भट्टराईले जानकारी दिँदै गरेको ती नेताले बताए।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ३ : ४० बजे

जैविक विविधता संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

काठमाडौं । आज विश्वका विभिन्न देशमा जैविक विविधता संरक्षणसम्बन्धी चेतनामूलक

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली राजदूतावासले आबुधावीमा

सुनको मूल्य एकहजारले घट्यो, चाँदीको मूल्य सामान्य बढ्यो

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा

धनुषामा यात्रुवाहक बस दुर्घटना, १७ जना घाइते

काठमाडौं । काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बस धनुषामा दुर्घटना

पारिस्थितिकी र अर्थतन्त्र प्रतिद्वन्द्वी होइनन्, सहयात्री हुन्

आधुनिक इतिहासको अधिकांश समयसम्म विश्व एउटा यस्तो विश्वासमा चल्यो कि