१६ असार २०८३, मंगलबार | July 1, 2026

अब ओलीसँग फर्किने सम्भावना छैन : माधव नेपाल



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अव ओली नेतृत्वको एमालेमा फर्किने कुनै सम्भावना नरहेको बताएका छन् । माधव पक्षको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग अनौपचारिक छलफलका क्रममा वरिष्ठ नेता एमाले पार्टी विभाजनतिर पुगेको बताए ।

नेपालले देशभरबाट नेता कार्यकर्ताले आफूहरुलाई साथ दिने बचन दिएको उल्लेख गर्दै नेपालले ग्राउण्ड लेबलसम्म आफूहरुको पक्षमा माहोल रहेको दावी गरे । उनले अन्यायका विरुद्ध लड्न सांसदहरुले लोगो छुटाउन तयार रहेको बताउँदै देशभरी अन्यायको विरुद्ध कार्यकर्ताहरु एकताबद्ध हुँदै गएको बताए । ‘ चमत्कार नै भएमात्रै केहि होला,नत्र ओलीसँग अब सहकार्य हुँदैन ।’ नेपालले भने ।

उनले एमालेको मूलधार आफूहरु नै भएको दावी गर्दै अब वृहत बाम एकताको पहल थालिने पनि बताए । आफूसहित झलनाथ खनाल सँगसँगै हुँदै गर्दा वामदेव गौतमपनि यो अभियानमा सहभागी हुने नेपालले विश्वास व्यक्त गरे । नेपालले एमालेका बहुमत नेता कार्यकर्ता आफ्ना पक्षमा रहेको दाबी गरे ।

उनले आफूहरुले नेतृत्व गरेको एमालेमा मोहनविक्रम सिंहदेखि विप्लव सम्मलाई समेट्न सकिने गरी योजना बनाउँदै अगाडी बढ्ने तयारी भएको बताए ।

नेपालले जेठ २ गते अगाडिको संगठनको अवस्था बाहेक अन्य संगठन आफुहरुलाई स्विकार नभएको स्पष्ट पारे । ‘अब ओलीसँग फर्किने सम्भावना छैन । चैत्र ७ मा ओलीले बोलाएको बैठकमा पनि गइन्न’, नेपालले भने ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ६ : ०५ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी