१ पुस २०८२, मंगलबार | December 16, 2025

माओवादी केन्द्रको नाम फेर्ने प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत, नयाँ नाम – नेपाली कम्युनिष्ट पार्टी !



काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको नाम फेर्ने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम फर्ने प्रस्ताव राखेका हुन् ।

प्रचण्डले यसअघि बसेको स्थायी समिति बैठकमा सहमति भए बमोजिम पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी राख्न प्रस्ताव गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

२०७५ जेठ ३ गते नेकपा एमालेसँग एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेकोमा सर्वोच्च अदालतले गत फागुन २२ गते नेकपालाई खारेज गरेको थियो । त्यसपछि पूर्ववत अवस्थामा माओवादी केन्द्रमा फर्किन बाध्य हुँदा पार्टी एकताको भाव मेटिने र अन्य पार्टीबाट एकीकरणमा आउन चाहनेलाई पनि नामले अप्ठेरो पार्ने भएपछि नाम फेर्ने प्रस्ताव आएको थियो ।

स्थायी समिति बैठकले नाम फर्ने विषयमा सहमति गरेको थियो । यद्यपी, नेपाली कम्युनिष्ट पार्टीलाई पनि निर्वाचन आयोगले मान्यता दिन के गर्छ भन्नेबारे कुनै टुंगो लागेको छैन । निर्वाचन आयोगमा नजुध्ने गरी नाम फेर्न केन्द्रीय समितिले बैठकले निर्णय गर्ने बुझिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १ : ०६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज