१६ असार २०८३, मंगलबार | July 1, 2026

ओलीको निर्णय कार्यान्वयन नगर्न एमालेको माधव-झलनाथ पक्षले निर्वाचन आयोगलाई बुझायो पत्र



काठमाडौं । नेकपा एमालेका माधव झलनाथ पक्षलेले ओली पक्षले फागुन २८ गते गरेको एकलौटी निर्णय कार्यान्वयन नगर्न माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ ।

वरिष्ठ नेता झलनाथ खनाल माधवकुमार नेपालसहितका पदाधिकारीहरु आयोग पुगेर दुई पन्ने पत्र बुझाउँदै ओलीको निर्णय कार्यान्वयन नगर्न माग गरेका हुन् ।

एमाले अध्यक्ष ओलीले बालुवाटारमा आफु पक्षीय केन्द्रीय सदस्यहरुलाई बोलाएर त्यसैलाई केन्द्रीय कमिटीको बैठक भन्दै पदाधिकारी खारेज गरेका थिए भने माओवादी केन्द्रबाट आफुलाई साथ दिएका २३ नेतालाई केन्द्रीय सदस्य बनाएका थिए ।

अध्यक्ष ओलीले एमालेको नवौं महाधिवेशनबाट पारित विधानमा रहेको बाधा अड्काउ धारा प्रयोग गर्दै आफुमा रहेको विशेषाधिकार प्रयोग गरेको जनाएका थिए । ओलीले विधानमा रहेको ७० वर्षे उमेर हद पनि खारेज गरेका थिए ।

नेपाल पक्षले निर्वाचन आयोगलाई बुझाएको पत्रमा पार्टी विधानको धारा १३ र १३ क बमोजिम विधान संशोधन राष्ट्रिय महाधिवेशन या विधान अधिवेशनले मात्रै गर्न सक्ने उल्लेख गरेको छ । नेपाल पक्षले ओलीले बालुवाटारमा राखेको बैठक नै अवैध भएको दाबी गरेको छ ।

 

 

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ६ : २५ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी