६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

म्यानमारको सैन्य ‘कू’ विरुद्धको आन्दोलनमा एकैदिन ३८ प्रदर्शनकारीको मृत्यु



एजेन्सी । म्यानमारको सैन्य कू विरुद्ध चलिरहेको आन्दोलनमा आइतबार ३८ जनाको मृत्यु भएको छ । देशका विभिन्न शहरमा भएका प्रर्दशनमा त्यहाँको सुरक्षा फौजले चलाएको गोली लागि ३८ जनाको मृत्यु भएको हो ।

आइतबारको दिनलाई सैन्य कू भएयताकै सबैभन्दा घातक दिनको रूपमा लिइएको म्यानमारका अभियानकर्मीहरूले बताएका छन । द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) ले मुख्य शहर याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा कम्तीमा २१ प्रदर्शनकारीहरू मारिएको जनाएको छ ।

बाँकी मृत्यु देशका विभिन्न भागमा भएका हुन । याङ्गुनमा प्रदर्शनकारीहरूले लाठी र छुरीको प्रयोग गरेपछि सुरक्षा फौजले गोली चलाएको थियो । त्यहाँको एक औद्योगिक क्षेत्रमा चिनियाँ व्यवसायमाथि हमला भएपछि याङ्गुनको धेरैजसो भागमा सैन्य कानून लागु गरिएको जनाइएको थियो ।

चीनले म्यान्मारको सेनालाई सहयोग गरिरहेको प्रदर्शनकारीहरूले विश्वास गरिरहेका छन । बेइजिङले फलामे डन्डी, बन्चरो र पेट्रोल बोकेका मानिसहरूले १० वटा चिनियाँ कारखानामा आगो लगाइदिएको जनाइएको छ ।

क्षति पुग्नेमा धेरैजसो लुगा उत्पादन गर्ने कम्पनी र तिनका भण्डारणहरू रहेको जनाइएको छ । एउटा चिनियाँ होटलमा समेत प्रदर्शनकारीहरुले हमला बिबिसीले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ९ : ०८ बजे

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको

हुरीका कारण केरामा क्षति

चितवन । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन

कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२÷८३