७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

नेकपा नाम विवादमा सर्वोच्चको फैसलामाथि पुनरावलोकन गर्ने माओवादी केन्द्रको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

हिजोबाट सुरु भएको बैठक केही दिनका लागि स्थगित गरिएकोे प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

सरकार निर्माणबारे काँग्रेस, जसपा लगायतका दलहरुसँग वार्ता गर्नुपर्ने  र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले वैठक स्थगित गरिएको प्रवक्त श्रेष्ठले बताए ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा २० नेताहरुले नेताहरुले आफ्ना धारणा राखेका छन् ।  सोमबारको बैठकमा जनार्दन शर्मा, शक्ति बस्नेत, गणेशमान पुन, पम्फा भुसाल, वर्षमान पुन, रामदिप आचार्य, हेमराज भण्डारी, पुष्पविक्रम मल्ल, कृष्ण केसी, दलजित श्रीपाइली, परशुराम रम्तेल, जयपुरी घर्ती, कुमार पौडेल, रामचन्द्र झा लगायत २० जना केन्द्रीय सदस्यले वर्तमान राजनीतिक परिस्थिति, पार्टी निर्माण र क्रान्तिकारी आन्दोलनका विषयमा आ–आफ्नो धारणा राखेको नेता श्रेष्ठले जानकारी दिए ।

केन्द्रीय सदस्यहरुले कम्युनिष्ट आन्दोलनलाई एउटै केन्द्र निर्माण गरी एकीकृत पार्टी निर्माण गर्ने पहल सहि भएकाले सो पहललाई जारी राख्न जोड दिएका थिए ।

 

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ४ : १२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल