२० बैशाख २०८३, आइतबार | May 3, 2026

नेकपा नाम विवादमा सर्वोच्चको फैसलामाथि पुनरावलोकन गर्ने माओवादी केन्द्रको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

हिजोबाट सुरु भएको बैठक केही दिनका लागि स्थगित गरिएकोे प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

सरकार निर्माणबारे काँग्रेस, जसपा लगायतका दलहरुसँग वार्ता गर्नुपर्ने  र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले वैठक स्थगित गरिएको प्रवक्त श्रेष्ठले बताए ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा २० नेताहरुले नेताहरुले आफ्ना धारणा राखेका छन् ।  सोमबारको बैठकमा जनार्दन शर्मा, शक्ति बस्नेत, गणेशमान पुन, पम्फा भुसाल, वर्षमान पुन, रामदिप आचार्य, हेमराज भण्डारी, पुष्पविक्रम मल्ल, कृष्ण केसी, दलजित श्रीपाइली, परशुराम रम्तेल, जयपुरी घर्ती, कुमार पौडेल, रामचन्द्र झा लगायत २० जना केन्द्रीय सदस्यले वर्तमान राजनीतिक परिस्थिति, पार्टी निर्माण र क्रान्तिकारी आन्दोलनका विषयमा आ–आफ्नो धारणा राखेको नेता श्रेष्ठले जानकारी दिए ।

केन्द्रीय सदस्यहरुले कम्युनिष्ट आन्दोलनलाई एउटै केन्द्र निर्माण गरी एकीकृत पार्टी निर्माण गर्ने पहल सहि भएकाले सो पहललाई जारी राख्न जोड दिएका थिए ।

 

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ४ : १२ बजे

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको