२३ भदौ २०८३, मंगलबार | September 8, 2026

सिरहाको मालपोत कार्यालयमा बम विस्फोट भएको घटनामा संलग्न रहेको आशंकामा एकजना पक्राउ



सिरहा । सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा आइतबार भएको बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका-१८ बस्ने ३९ वर्षीय बलराम मण्डल रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

मण्डललाई सशस्त्र प्रहरीको टोलीले सुखिपुर नगरपालिकाको सीमावर्ती क्षेत्रबाट सोमबार साँझ ५ बजे पक्राउ गरिएको सशस्त्र प्रहरीका प्रमुख प्रहरी उपरीक्षक दिपेश गिरीले जानकारी दिए ।

उनले पक्राउ परेका मण्डल यसअघि पनि बम काण्डहरूमा संलग्न रहेकाले त्यसै आशंकाका आधारमा उनलाई पक्राउ गरिएको बताए ।

आइतबार दिउँसो करिब १ बजेको समयमा लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट भएको थियो । विस्फोटमा परी धनगढीमाई नगरपालिका-१३ बस्ने ३० वर्षीय दिनेशकुमार भण्डारी, कार्यालयका ३८ वर्षीय नायब सुब्बा शिवकुमार यादव, गोलबजार नगरपालिका-६ की ३५ वर्षीया लक्ष्मी राणा, लहान नगरपालिका-१६ का ५२ वर्षीय लालबहादुर विक, ३५ वर्षीया बेचनी मगर, गोलबजार नगरपालिका-४ का ३८ वर्षीय फुल कुमारी ठाकुर, भगवानपुर गाउँपालिका-३ का ५४ वर्षीय बद्री नारायण यादव, ७८ वर्षीय लेखापढी व्यवसायी भोलाबहादुर पाचे मगर घाइते भएका थिए ।

घाइते मध्ये दिनेशको उपचार काठमाडौंमा भइरहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ८ : ४९ बजे

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज

पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह

दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरु बढ्दै

काठमाडौ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा