१६ असार २०८३, मंगलबार | July 1, 2026

माधव पक्षीय एमालेको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ ।

भोलि र पर्सि आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको एजेण्डा तय गर्न बैठक बोलाइएको हो । बैठकले राष्ट्रिय भेला र त्यसपछिको समेत कार्ययोजना तयार पार्ने बताइएको छ । स्थायी कमिटीले तयार पारेको एजेण्डा नै भोलिको भेलामा प्रस्तुत हुनेछ । २२ सदस्यीय एमाले स्थायी कमिटीमा माधव पक्षका ११ जना रहेका छन् । पदाधिकारीमा माधव पक्षको बहुमत रहेको छ ।

अध्यक्ष केपी शर्मा ओली पक्षसँग माधव पक्षको लामो समयदेखि तिक्त सम्बन्ध बन्दै आएको छ । सर्वोच्च अदालतले साविकको नेकपालाई खारेज गरी पूर्व पार्टीलाई ब्युँताएपछि ओलीले एकलौटी निर्णय गर्दै २३ जना केन्द्रीय सदस्य थप गरेका थिए ।

पार्टी विधान विपरित अध्यक्षले गुट भेलाबाट पदाधिकारी खारेज गर्ने र केन्द्रीय सदस्य थप्ने निर्णय गरेको भन्दै माधव पक्षले राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको हो । साविकको नेकपा छँदा ओलीले केन्द्रीय कमिटी सदस्यहरुलाई हुल्लडवाजको संज्ञा दिएका थिए । तर एमालेमा फर्किन परेपछि पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो समेत आफु अनुकुल नभएपछि ओलीले विधानको अपव्याख्या गर्दै विधान विपरित केन्द्रीय कमिटीको विस्तार गरेको माधव पक्षले आरोप लगाएको छ ।

ओली पक्षले आजै बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरे पनि माधव पक्षका केन्द्रीय सदस्य र सांसदहरु भने अनुपस्थित हुनेभएका छन् । आजै दिउँसो २ बजे माधव पक्षले राष्ट्रिय भेलाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दैछ । राष्ट्रिय भेला सानेपास्थित हेरिटेज गार्डेनमा हुँदैछ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १० : ५७ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी