१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड, राष्ट्रिय सभामा दीनानाथ शर्मा चयन



काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन ।

माआवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

यसैगरी बैठकले राष्ट्रिय सभा दलको नेतामा दीनानाथ शर्मालाई चयन गरेको छ । यसअघि साविकको एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा पनि शर्मा राष्ट्रिय सभामा दलको नेता थिए । बैठकले देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको छ ।

बैठकले संसदीय दलको विधान मस्यौदा गर्न ३ सदस्यीय समिति बनाएको छ । समितिमा देव गुरुङ, रामनारायण विडारी र रेखा शर्मा रहेका छन् ।

सर्वोच्च अदालतले नेकपा खारेज गरेर पुनः साविककै पार्टी गठन गर्न बाध्य बनाएपछि माओवादी केन्द्रले संसदीय दलका पदाधिकारी चयन गरेको हो । यद्यपी, संसदीय दलका उपनेता र प्रतिनिधिसभाका सचेतक चयन गर्न भने अझै बाँकी राखेको छ ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नैतिकताको आधारमा पदमा बस्न नमिल्ने भन्दै राजिनामाको माग समेत गरेको नेता वर्षमान पुनले बताए । उनले भने, – ‘प्रतिनिधि सभा विघटनको निर्णय गर्ने केपी शर्मा ओलीको कदम असंवैधानिक भएको अदालतले निर्णय गरिसकेको सन्दर्भमा उहाँले नैतिक रुपले पदमा रहिराख्न मिल्दैन । राजिनामा दिनुपर्छ भन्ने दलको अडानलाई स्पष्ट गरेको छ ।’ तर, माओवादी केन्द्रले हतारमा सरकारलाई दिएको समर्थन फिर्ता नलिने पनि सांसद पुनले स्पष्ट पारे ।

संसदीय दलको बैठकले पार्टी छाडेका २ जना राष्ट्रिय सभा सदस्य र ४ जना प्रतिनिधि सभा सदस्यहरुलाई दलको तर्फबाट आफ्नो स्थिति स्पष्ट पार्न पत्राचार गर्ने निर्णय गरेको छ ।

यसैगरी पार्टी परित्याग गरेका सांसदहरुसँग अन्तिम छलफल गर्नका लागि नारायणकाजी श्रेष्ठ, देव गुरुङ र वर्षमान पुनको ३ सदस्यीय समिति बनाएको छ । समितिले प्रत्यक्ष भेटेर छलफल गर्ने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  २ : ४० बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत