६ पुस २०८२, आइतबार | December 21, 2025

पछिल्लो २४ घण्टामा ९४ कोरोना संक्रमित थपिए, ५५ जना कोरोनामुक्त



काठमाडौं । पछिल्लो २४ घन्टामा ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर २ हजार ७ सय ८१ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा कुल ९४ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ९४ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५ सय १८ पुगेको छ । यीमध्ये ९ सय ५४ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप ५५ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ५५ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७१ हजार ५ सय ५० जना पुगेको छ । निको हुने दर ९८.६ प्रतिशत रहेको छ । मन्त्रालयकाअनुसार अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ जना रहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ५ : ३० बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको