३ पुस २०८२, बिहिबार | December 18, 2025

नेकपा एमाले नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आज सम्पन्न हुँदै



काठमाडौं । नेकपा एमाले नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आज सम्पन्न हुँदैछ ।

बुधबारदेखि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेन बैंक्वेटमा सुरु भएको भेला विभिन्न महत्वपूर्ण निर्णय गर्दै सकिने नेताहरुले बताएका छन् ।

बुधबार उद्घाटन सत्रमा नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई विभाजन र बिसर्जन गर्न लागेको आरोप लगाउँदै त्यसो हुन नदिने बताएका थिए ।

पुराना कम्युनिस्ट नेताहरुको समेत उपस्थिति रहेको भेलाको पहिलो दिन नेताहरुले एमालेको इतिहास, संगठन र विचार समृद्ध रहेका दाबीसमेत गरे । नेपाल-खनाल पक्षको भेलालाई ओली पक्षले समेत गम्भीरताका साथ हेरिरहेको बताएको छ ।

प्रधानमन्त्री एवम अध्यक्ष ओलीले पार्टीको विधान संशोधन गरी आफूइतरका नेताको जिम्मेवारी खोसेपछि नेपाल-खनाल पक्षले राष्ट्रिय भेला बोलाएको हो ।

भेलामा सहभागी देशभरका नेता, कार्यकर्ताको सुझाव र भावनाअनुसार तीन महिने कार्यभार तय गर्दै बिभिन्न महत्वपूर्ण निर्णयहरु गरीने नेताहरुले बताएका छन ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ८ : ०८ बजे

निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई