६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

बालुवाटारको बैठकमा सहभागी हुन हिँडेका नेपाल-खनाल पक्षका सांसदहरु बाटैबाट फर्काइए



काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु संसदीय दलको बैठकमा जानबाट रोकिएका छन् ।

राष्ट्रिय भेलामा रहेका सांसदहरु बालुवाटारमा आयोजित संसदीय दलको बैठकमा जान तयार भएका थिए । भेलामा जानका लागि उनीहरु हलबाट बाहिरसमेत निस्केका थिए ।

संसदीय दलको बैठक जाने बारेमा सांसदहरुले राष्ट्रिय भेला स्थलमै छलफल गरेका थिए । सिन्धुलीका प्रतिनिधिसभा सांसद गणेश पहाडीले ‘संसदीय दलको बैठकमा जाने भन्ने सल्लाह भएको थियो तर फेरि नजाने भइयो’ भने ।

स्रोतका अनुसार, भेलामा सहभागी सांसदहरु बैठकका लागि भेलामा जान लागेपछि भेलामा सहभागी नेता कार्यकर्ताले दवाव दिएका थिए । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालबाहेकका सांसदहरु संसदीय दलको बैठकमा जान लागेका थिए ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएका थिए । अनिवार्य उपस्थित हुनु भन्दै बोलाइएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  १२ : १९ बजे

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस

बर्दघाट-दुम्किबास सडक खण्डमा राति सवारी आवागमनमा प्रतिबन्ध

नवलपुर । नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) अन्तर्गत बर्दघाट-दुम्किबास-दाउन्ने सडक

वर्षाले काठमाडौंमा अत्याधिक ट्राफिक जाम

काठमाडौं । काठमाडौंमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा

होर्मुज जलमार्गबाट इरानी सुरक्षाकर्मीले पक्राउ गरेका नेपाली अमृत झा रहेको पुष्टि

काठमाडौं । इरानको सुरक्षा निकायले होर्मुज जलडमरु क्षेत्रमा पक्राउ गरेको

काठमाडौंमा हुरीबतासहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । काठमाडौंमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ