१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

कोरोना संक्रमण भयावह बन्न सक्ने खतरा, सीमा नाकामा गम्भीर बेवास्ता



काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा त्यसको असरले नेपालमा पनि कोरोना संक्रमणको दर भयावह बन्ने जोखिम देखिएको छ । अहिले पनि मुलुकका ३० सीमा नाका खुला छन् ।

तीमध्ये भारततर्फका मात्रै २८ नाकाबाट सहज आवतजावत हुँदै आएको छ । सीमा क्षेत्रमा भइरहेको सहज आवागमनका कारण भारतबाट फेरि कोरोना संक्रमण फैलने जोखिम बढेको हो ।

नेपालमा संक्रमण सामान्य हुँदै गएपछि गत माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले १४ वटा नाका खुला गर्दै आइएकोमा थप १६ नाका खुला गरी ३० वटा नाका खुला गर्ने निर्णय गरेको थियो । त्यसयता दैनिक कति व्यक्ति भारतीय भूमिबाट स्थलमार्ग हुँदै नेपाल आइरहेका छन् भन्ने तथ्यांक समेत गृह मन्त्रालय र स्थानीय तहसँग छैन ।

‘पहिले १४ नाका खुला हुँदा तथ्यांक राखेका थियौं, अहिले ३० नाका खुला भएपछि दैनिक कति आउँछन्, तथ्यांक राखिएको छैन,’ गृह स्रोतले भन्यो । २०७६ चैत १० गतेदेखि नेपाल-भारत सीमा नाका सिल गरिएकोमा भारततर्फका १३ र चीनतर्फको १ नाका गत साउन २६ गते खुला गरिएको थियो ।

फेरि पनि समयमा नै सावधानी नअपनाउने हो भने संक्रमणको जोखिम बढ्ने देखिएको छ । खुला सीमाका कारण नेपाल र भारतबीचको आवतजावत सामान्य अवस्थामा पुगेकोमा भारतमा संक्रमणको दोस्रो चरणको लहर बढ्दै गएपछि सावधानी अपनाउन निर्देशन दिइएको गृहका अधिकारी बताउँछन् ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भारतमा संक्रमण दर बढ्दै गएपछि सीमा नाकामा स्वास्थ्य सावधानीमा कडाइका लागि निर्देशन गरिएको बताए । ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई यस्तो निर्देशन गरिएको उनले जानकारी दिएका हुन् ।

‘सीमा नाका भएर आउनेको अनिवार्य रूपमा अभिलेख राख्न, अनिवार्य स्वास्थ्य जाँच गर्न र सीमा नाका हुँदै आएकामा स्वास्थ्य जाँचका क्रममा ज्वरो आएको पाइए क्वारेनटाइनमा राख्न निर्देशन गरिएको छ,’ गृह मन्त्रालयका प्रवक्ता बुढाले भने ।

कुन-कुन सीमा नाका खुला ?

खजुरगाछी झापा, भन्टाबारी सुनसरी, कुनौली सप्तरी, जटही धनुषा, इनर्वा धनुषा, भिट्टामोड महोत्तरी, मलंगवा सर्लाही, बंकुल रौतहट, मटिअर्वा बारा, सिम्रौनगढ बारा, त्रिवेणी पूर्वी नवलपरासी, महेशपुर पश्चिम नवलपरासी, तौलिहवा कपिलवस्तु, कोइलाबास दाङ, सुरजपुर बर्दिया, पशुपतिनगर इलाम, काँकडभिट्टा झापा, रानी मोरङ, माडर सिरहा, गौर रौतहट, वीरगन्ज पर्सा, रसुवागढी रसुवा, कृष्णनगर कपिलवस्तु, बेलहिया रूपन्देही, जमुनाह बाँके, गौरीफन्टा कैलाली, गड्डाचौकी कञ्चनपुर, खलंगारपुलाघाट दार्चुला र झुलाघाट बैतडी र तातोपानी सिन्धुपाल्चोक

२२ हजार सशस्त्र प्रहरी सीमामा

सीमा नाकामा सीमा सुरक्षा गर्न भन्दै हाल २२ हजार सशस्त्र प्रहरी खटिँदै आइरहेका छन् । सशस्त्र प्रहरीका ती सुरक्षाकर्मी २१५ बीओपी र सीमाको सुरक्षामा प्रत्यक्ष रूपमा खट्दै आइरहेका हुन् ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार भारततर्फका दक्षिण नाकामा मात्रै हाल सशस्त्रका २०८ बीओपी सञ्चालनमा छन् । कोरोना संक्रमण पहिलो चरणमा रहँदा नै सशस्त्र प्रहरीले दक्षिणी सीमा नाकामा कडाइ गरिएको भन्दै पटक–पटक आक्रमण व्यहोर्दै आएको थियो ।

सो अवस्थालाई मध्यनजर गरेर भारतमा कोरोना संक्रमणको दोस्रो लहर शुरू हुँदै गर्दा सशस्त्र प्रहरीलाई सुरक्षा प्रबन्ध दह्रो बनाउन स्रोतसाधनको व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने अवस्था देखिएको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ६ : ३६ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम