१० माघ २०८२, शनिबार | January 24, 2026

सैनिकले चलाएको गोली लागि म्यानमारमा ७ बर्षिय बालिकाको मृत्यु



काठमाडौं । म्यानमारमा सैनिकको गोली लागेर ७ बर्षिय बालिकाको मृत्यु भएको छ ।

फेब्रुअरी १ को सैनिक ‘कू’ पछि भएका प्रदर्शनहरुमा मृत्यु हुने सबैभन्दा कम उमेरकी बालिका हुन् । उनलाई मण्डाले शहरमा घरमै रहेको बेला गोलि लागेको उनका परिवारका सदस्यहरुले बताएको बिबिसीले उल्लेख गरेको छ ।

सेभ द चिल्ड्रेनले म्यान्मारमा अहिलेसम्म २० भन्दा बढी बालबालिकाको मृत्यु भएको बताएको छ । म्यानमारको सेनाले अहिलेसम्म भएका प्रदर्शनमा १६४ जनाको मृत्यु भएको बताए पनि म्यानमारको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर समुहले भने अहिलेसम्म २६१ जनाको मृत्यु भएको जनाएको छ ।

सेनाले भने सरकारको विरुद्धमा भएको प्रदर्शनका कारण मानिसहरुको ज्यान गएको बताएको छ । स्थानीय मिडियाले भने सेनाले बालिकाको पितालाई गोलि हान्दा उनलाई लागेको उल्लेख गरेका छन् ।

बालिकाको नाम खिन माओ चिट रहेको बताइएको छ । बालिकाका १९ बर्षिय दाजुलाई पनि सेनाले हिरासतमा लिएको उनको परिवारले जनाएको छ ।

यसअघि एक दिनअघि मात्र म्यानमारमा १४ बर्षिय बालकको गोलि लागेर मृत्यु भएको सेभ द चिल्ड्रेनले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ८ : ३० बजे

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात/वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ ।

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज । बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको

नागरिक आवास कार्यक्रमका लागि रकम कटौति

भोजपुर । सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले

सुदूर पहाडमा हिमपात

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको