११ चैत्र २०८२, बुधबार | March 25, 2026

संविधानमाथि नै प्रहार गर्ने पक्षसँग कांग्रेसको सहकार्य हुन सक्दैन : कांग्रेस नेता बालकृष्ण खाण



बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रमुख सचेतक बालकृष्ण खाणले देश राजनीतिकरुपमा अनिर्णयको बन्दी बनेका बेला कांग्रेस पार्टी मौन बस्न नहुने बताएका छन् । राज्य टेलिभिजनले बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता खाणले लोकतान्त्रिक शक्ति धेरै समय चुप लागेर बस्न नहुने बताए ।

उनले देशलाई निकास दिन कांग्रेसले ठोस निर्णय गर्नुपर्ने बताउँदै कांग्रेस जनताको भावना बिपरित नजाने बताए ।

खाणले असंबैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीलाई एक मिनेट पनि सत्तामा रहने नैतिक अधिकार नभएको बताउँदै संविधान माथि नै प्रहार गर्ने पक्षसँग सहकार्य हुन नसक्ने समेत बताए । ‘संविधान नमान्नेलाई प्रधानमन्त्री बन्ने हक छैन् ।’ उनले भने ।

उनले जनताको अधिकार र संविधान रक्षा सरकारको पहिलो दायित्वबाट सरकार चुकेको बताए । राणा तथा प्राचीन कालका शासकले पनि जनताको जीवन रक्षाका लागि जिम्मेवार हुने गरेको तर लोकतान्त्रिक प्रणालीमा पनि वर्तमान सरकार जनता र संविधानप्रती उत्तरदायी नरहेको आरोप लगाए ।

राजनीतिक गतिरोध अन्त्यका लागि संविधान र लोकतन्त्रको रक्षा गर्ने दलसँग सहकार्य गर्ने खाणको भनाई छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १ : ४२ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई