१५ बैशाख २०८१, शनिबार | April 27, 2024

संविधानमाथि नै प्रहार गर्ने पक्षसँग कांग्रेसको सहकार्य हुन सक्दैन : कांग्रेस नेता बालकृष्ण खाण



बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रमुख सचेतक बालकृष्ण खाणले देश राजनीतिकरुपमा अनिर्णयको बन्दी बनेका बेला कांग्रेस पार्टी मौन बस्न नहुने बताएका छन् । राज्य टेलिभिजनले बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता खाणले लोकतान्त्रिक शक्ति धेरै समय चुप लागेर बस्न नहुने बताए ।

उनले देशलाई निकास दिन कांग्रेसले ठोस निर्णय गर्नुपर्ने बताउँदै कांग्रेस जनताको भावना बिपरित नजाने बताए ।

खाणले असंबैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीलाई एक मिनेट पनि सत्तामा रहने नैतिक अधिकार नभएको बताउँदै संविधान माथि नै प्रहार गर्ने पक्षसँग सहकार्य हुन नसक्ने समेत बताए । ‘संविधान नमान्नेलाई प्रधानमन्त्री बन्ने हक छैन् ।’ उनले भने ।

उनले जनताको अधिकार र संविधान रक्षा सरकारको पहिलो दायित्वबाट सरकार चुकेको बताए । राणा तथा प्राचीन कालका शासकले पनि जनताको जीवन रक्षाका लागि जिम्मेवार हुने गरेको तर लोकतान्त्रिक प्रणालीमा पनि वर्तमान सरकार जनता र संविधानप्रती उत्तरदायी नरहेको आरोप लगाए ।

राजनीतिक गतिरोध अन्त्यका लागि संविधान र लोकतन्त्रको रक्षा गर्ने दलसँग सहकार्य गर्ने खाणको भनाई छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १ : ४२ बजे

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा