२ पुस २०८२, बुधबार | December 17, 2025

कांग्रेस केन्द्रीय समितिको ‘आकस्मिक’ बैठक बस्दैं



काठमाडौं । नेपाली कांग्रेसको आज केन्द्रीय समितिको ‘आकस्मिक’ बैठक बस्दै छ ।

कांग्रेसका नेता एवं पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको निधन भएपछि कांग्रेसले आज बिहान साढे ११ बजेका लागि बैठक बोलाएको हो ।

बैठकले नेता जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । मष्तिष्कघात भए काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत नेता जोशीको शुक्रबार राति निधन भएको हो ।

नेता जोशीको निधनमा दुःख व्यक्त गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, प्रवक्ता शर्मा, कांग्रेसका नेता तथा कार्यकर्ता, अन्य दलका नेता तथा कार्यकर्ताले मुलुकले एउटा कुशल नेता गुमाएको बताएका छन् ।

उनीहरुले नेता जोशीको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । जोशीलाई गत फागुन १४ गते अस्पतालमा भर्ना गरिएको थियो ।

श्रद्धाञ्जलीका लागि जोशीको पार्थिव शरीर बिहान १२ बजेदेखि २ बजेसम्म पार्टी कार्यालय सानेपामा राखिने छ । उनको आजै अन्त्येष्टि गरिनेछ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ७ : ५२ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि