१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बर्दियामा मानिसमाथि बाघको निरन्तर आक्रमण, गेरुवा गाउँपालिमा थप एक घाइते



बर्दिया । बर्दियामा बाघको आक्रमणको सिलसिला निरन्तर जारी छ । पछिल्लो घटना गेरुवा गाउँपालिमा भएको छ ।

गेरुवा गाउँपालिका वडा नं. १ मा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । घाईते हुनेमा गेरुवा गाउँपालिका १ जनकनगरका ३५ वर्षीय चुलाराम थारु रहेका छन् ।

आफ्नो घर नजिकै रहेको चैते धानमा पानी चहार्न जाँदा आज सोमबार बिहान करिब ६ बजे बाघले आक्रमण गरेको हो । धानमा पानी लगाउन उनी र रामबहादुर थारु गएका थिए । घाईते चुलारामलाई बाघले आक्रमण गरेपछि उनको साथमा रहेका रामबहादुर थारुले हल्लाखल्ला गर्दा बाघले छोडेर भागेको थियो । बाघ भागेपछि गाउँलेहरुलाई बोलाएर रामबहादुरले चुलारामको उद्धार गरेका थिए ।

बाघको आक्रमणबाट गम्भिर घाईते भएका चुलारामलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । उनलाई टाउको र गर्धनमा चोट लागेको स्थानीयबासी रामकृष्ण थारुले बताए । बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाकाअनुसार धानमा पानी लगाउन जाँदा बाँसको झाँडीमा लुकेर बसेको बाघले आक्रमण गरेको बताए ।

गेरुवा गाउँपालिकामा यस अघि पनि बाघले आक्रमण गर्दै आएको थियो । तर खेतमा नै आएर मानिसलाई आक्रमण गरेको भने यो पहिलो हो । यसअघि गाउँभित्रै आएर घरपालुवा जनावरलाई आक्रमण गर्ने गरे पनि जंगल किनार, सामुदायिक वन र खुल्लाचौरमा मानिसलाई आक्रमण गर्ने गरेको थियो । गेरुवा गाउँपालिकाका वडा नं १ का अध्यक्ष दयाराम बैद्यले गाउँपालिकामा पटक पटक बाघले आक्रमण गर्ने गरेको बताए । उनले भने – ‘निकुञ्जले बाघ बचाऊ भन्छ, हामी मान्छे बचाउन सकिरहेका छैनौं । यसतर्फ सबैले ध्यानदिन जरुरी छ ।’ उनले मानिसमाथि आक्रमण गर्ने बाघलाई तुरुन्तै अर्को स्थानमा स्थानान्तरण गरेर मानिसहरुलाई सुरक्षित गर्नुपर्ने बताएका छन् ।

गत चैत्र ४ गते गेरुवा गाउँपालिका आक्रमण गर्ने बृद्ध बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको थियो । त्यसपछि गेरुवामा मानिसमाथि बाघले आक्रमण गरेको पहिलो हो । पटक पटक बाघले आक्रमण गर्न थालेपछि स्थानीयहरु आक्रोशित बनेका छन् ।

पछिल्लो समय बर्दियामा पाटेबाघको आक्रमणमा ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । बर्दियामा चालु आर्थिक वर्षमा मात्रै बाघको आक्रमणबाट १० जनाको मृत्यु भैसकेको छ । अघिल्लो आर्थिक वर्षमा बर्दियामा ५ जनाको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

विगत दुई वर्ष यता बाघको आक्रमण र मृत्युको तथ्याङ्क हेर्दा बाघले मानिसमाथि आक्रमण गर्ने क्रम बढ्दै गएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ११ : १३ बजे

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार