१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एमाले नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरुको बैठक आज बस्ने भएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यताबाट ६ महिनाका लागि निलम्बन गरेपछि त्यस विरुद्ध रणनीति बनाउन नेपाल पक्षीय स्थायी कमिटी बैठक बस्न लागेको हो ।

सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताइदिएपछि सो पार्टीभित्र अध्यक्ष ओली एवं वरिष्ठ नेताद्वय नेपाल र खनाल पक्षबीच तिब्र अन्तर्संघर्ष चर्किदै गएको छ ।

ओलीले नवौं महाधिवेशनको विधान विपरित शक्ति केन्द्रिकरण गर्दै उनको विरोधमा रहेका नेताहरु विरुद्ध कारवाहीको डण्डा चलाएको नेपाल पक्षधरको आरोप रहेको छ । तर ओलीले भने नेता नेपालले पार्टीमा आपराधिक गतिविधि गरेको भन्दै उनी विरुद्ध थप कारवाही गर्ने चेतावनी दिएका छन् ।

ओलीले नेपाल पक्षधर नेताहरुलाई छानिछानी कारवाहीको सुरुवाता गरेका छन् । केन्द्रदेखि तल्लो तहसम्म नेपालको पक्षमा लाग्नेहरुलाई पार्टीमा भूमिकाबिहीन बनाउने रणनीति उनको रहेको छ ।

नेपाल पक्षले ओलीको पेलान विरुद्ध कतिपय जिल्लामा समानान्तर कमिटी गठन गर्न सुरु गरिसकेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १० : ५३ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान