१४ चैत्र २०८२, शनिबार | March 28, 2026

एमाले नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरुको बैठक आज बस्ने भएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यताबाट ६ महिनाका लागि निलम्बन गरेपछि त्यस विरुद्ध रणनीति बनाउन नेपाल पक्षीय स्थायी कमिटी बैठक बस्न लागेको हो ।

सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताइदिएपछि सो पार्टीभित्र अध्यक्ष ओली एवं वरिष्ठ नेताद्वय नेपाल र खनाल पक्षबीच तिब्र अन्तर्संघर्ष चर्किदै गएको छ ।

ओलीले नवौं महाधिवेशनको विधान विपरित शक्ति केन्द्रिकरण गर्दै उनको विरोधमा रहेका नेताहरु विरुद्ध कारवाहीको डण्डा चलाएको नेपाल पक्षधरको आरोप रहेको छ । तर ओलीले भने नेता नेपालले पार्टीमा आपराधिक गतिविधि गरेको भन्दै उनी विरुद्ध थप कारवाही गर्ने चेतावनी दिएका छन् ।

ओलीले नेपाल पक्षधर नेताहरुलाई छानिछानी कारवाहीको सुरुवाता गरेका छन् । केन्द्रदेखि तल्लो तहसम्म नेपालको पक्षमा लाग्नेहरुलाई पार्टीमा भूमिकाबिहीन बनाउने रणनीति उनको रहेको छ ।

नेपाल पक्षले ओलीको पेलान विरुद्ध कतिपय जिल्लामा समानान्तर कमिटी गठन गर्न सुरु गरिसकेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १० : ५३ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको