१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको मुद्धामा सर्वोच्चले आज फैसला सुनाउँदै



काठमाडौं । पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्राप्तिका लागि दुईवटा कम्युनिष्ट पार्टीकाबीच शब्द भिडन्त चलिरहेका बेला सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ‘नाम’ का विरूद्ध परेको रिटको आज फैसला सुनाउने तयारी गरेको छ ।

सर्वोच्च अदालतले गत फागुन २० गते निर्णय सुनाउने मिति तय गरेको भएपनि अदालतको बिदा परेका कारण निर्णय आएको थिएन । अदालतको कार्यसूचिमा आज निर्णय गर्ने गरी तय गरिएको छ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफ्नो पार्टीको भएको दाबी गर्दै ऋषि कट्टेलले निदेबन उपर फैसला सुनाउनेछन् ।

तत्कालीन नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएर तीन वर्षअघि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि उक्त नाममा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपाले दाबी गर्दै अदालतमा रिट निवेदन दर्ता गराएको थियो ।

आफ्नो पार्टीको नाममा अर्को पक्षलाई बैधता दिएको भन्दै निर्वाचन आयोग र सत्तारूढ नेकपाविरूद्ध कट्टेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

२०७५ मंसिर २१ गते दायर भएको यो रिटमा सर्वोच्चले २०७५ मंसिर २५ गते कारण देखाउ आदेश दिएको थियो । त्यसयता पटकपटक पेशी तोकिए पनि अन्तिम समयमा स्थगित हुँदै आएको मुद्दामा सर्वोच्च अदालतले लामो प्रतीक्षापछि फैसला दिन लागेको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  १२ : ०७ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु