१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन कार्यसूची



काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । दिउँसो १ बजे संघीय संसद भवन बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन ।

आजको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ । त्यस्तै संविधानसभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधन भएकोमा पनि शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

त्यस्तै प्रधानन्त्री केपी शर्मा ओलीले विभिन्न वार्षिक प्रतिवेदनहरू पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६-२०७७ को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०७६-२०७७ को वार्षिक प्रतिवेदन प्रधानमन्त्रीले पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काले विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०७७ पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै खड्काले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेश गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ८ : ३८ बजे

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर । मोरङको विराटनगर नाका भइ आर्थिक वर्ष २०८२/८३ मा

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई

सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीसहित देशका विभिन्न स्थानमा भएका तनावपूर्ण

प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सत्तारुढ दल राष्ट्रिय

राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्र बैंकलाई थप सक्रिय