६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

सरकार संविधान विफल बनाउन लागिपरेको छ : प्रमुख सचेतक गुरुङ



काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले सरकारले प्रतिनिधिसभा फेरि विघटन गर्न खोजेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक गुरुङले सरकारले फेरि प्रतिनिधिसभा विघटन गराएर संविधान विफल बनाउन लागिपरेको बताएका हुन् ।

गुरुङले सरकारको मनस्थिति अहिले पनि पुष ५ कै रहेको जिकिर गरे । उनले फागुन ११ को सर्वोच्चको फैसला विपरित फेरि संसद विघटन गरिए संविधान निस्क्रिय हुने चेतावनी दिए । सरकारको ध्यान संविधानलाई जसरी भएपनि विफल बनाउने बाहेक अरु नभएको उनले बताए ।

गुरुङले प्रधानमन्त्रीद्वारा बारम्बार ताजा जनादेशको प्रसंग उठाइरहेको भन्दै संविधानले त्यस्तो ताजा जनादेशलाई नचिन्ने जिकिर गरे । संविधानले ५ ५ वर्षमा आवधिक निर्वाचन हुने बताएपनि सरकारले संविधानको बर्खिलापमा गैरहेको दाबी गरे ।

प्रमुख सचेतक गुरुङले सरकारले संसदलाई विजनेशविहीन बनाएको आरोप लगाए । उनले संसदमा विचाराधीन कैयौं विधयकहरुलाई समेत अघि बढाउन नखोजेको बताए ।

विशेष समयमा सम्बोधनका क्रममा गुरुङले सरकारले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने धारणा राखे । सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ फागुनमा वर्तमान सरकारलाई ७६(१) अनुसार भने पनि २३ फागुनको फैसलाले ७६ (२) मा पुर्याएको भन्दै दल विभाजन भएको अवस्थामा संविधानको धारा १०० (२) अनुसार विश्वासको मत आकर्षित हुने उनले जिकिर गरे ।

 

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  २ : ३८ बजे

विश्वभर एक घण्टा अवरुद्धपछि युट्युब पुनः सञ्चालनमा

काठमाडौं । विश्वकै लोकप्रिय भिडियो प्लेटफर्म युट्युब करिब एक घण्टा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक भोलि फागुन

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको

देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार,

महाशिवरात्रीमा पशुपतिनाथ आएका नागा बाबासहितका साधुसन्तको बिदाइ

काठमाडौं । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका