१७ बैशाख २०८२, बुधबार | April 30, 2025

सरकार संविधान विफल बनाउन लागिपरेको छ : प्रमुख सचेतक गुरुङ



काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले सरकारले प्रतिनिधिसभा फेरि विघटन गर्न खोजेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक गुरुङले सरकारले फेरि प्रतिनिधिसभा विघटन गराएर संविधान विफल बनाउन लागिपरेको बताएका हुन् ।

गुरुङले सरकारको मनस्थिति अहिले पनि पुष ५ कै रहेको जिकिर गरे । उनले फागुन ११ को सर्वोच्चको फैसला विपरित फेरि संसद विघटन गरिए संविधान निस्क्रिय हुने चेतावनी दिए । सरकारको ध्यान संविधानलाई जसरी भएपनि विफल बनाउने बाहेक अरु नभएको उनले बताए ।

गुरुङले प्रधानमन्त्रीद्वारा बारम्बार ताजा जनादेशको प्रसंग उठाइरहेको भन्दै संविधानले त्यस्तो ताजा जनादेशलाई नचिन्ने जिकिर गरे । संविधानले ५ ५ वर्षमा आवधिक निर्वाचन हुने बताएपनि सरकारले संविधानको बर्खिलापमा गैरहेको दाबी गरे ।

प्रमुख सचेतक गुरुङले सरकारले संसदलाई विजनेशविहीन बनाएको आरोप लगाए । उनले संसदमा विचाराधीन कैयौं विधयकहरुलाई समेत अघि बढाउन नखोजेको बताए ।

विशेष समयमा सम्बोधनका क्रममा गुरुङले सरकारले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने धारणा राखे । सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ फागुनमा वर्तमान सरकारलाई ७६(१) अनुसार भने पनि २३ फागुनको फैसलाले ७६ (२) मा पुर्याएको भन्दै दल विभाजन भएको अवस्थामा संविधानको धारा १०० (२) अनुसार विश्वासको मत आकर्षित हुने उनले जिकिर गरे ।

 

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  २ : ३८ बजे

१८ औं मनमोहन स्मृति वडा स्तरीय फुटबल प्रतियोगिता बुटवलमा भोलीबाट सुरु

बुटवल । १८ औं संस्करणको मनमोहन स्मृति वडा स्तरीय नकआउट

जनमत र नागरिक उन्मुक्तिबीच आज एकता हुँदै, पार्टीको नाम ‘नाजपा’ रहने

काठमाडौं। जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बीच आज पार्टी

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल

आज अन्तरराष्ट्रिय ज्याज दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय ज्याज दिवस हो । विभिन्न वाद्ययन्त्रहरूको

सत्तारुढ दलहरूको बैठक बस्दै

काठमाडौं । सत्तारूढ राजनीतिक दलहरूको बैठक आज बस्दैछ । बैठक