जनकपुरधाम । महोत्तरीमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएका छन ।
जिल्लाको औरही नगरपालिका-४ स्थित सेरामा बुधबार साँझ ७ः३० बजे अज्ञात समूहले गोली चलाउदा एक जना घाइते भएका हुन ।
गोली लागेर बर्दिवास नगरपालिका वडा नम्बर १ का ३० वर्षीय रोशन कोइराला घाइते भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार कोइरालामाथि दुई गोली प्रहार गरिएको छ । एउटा गोली उनको हातमा र अर्को कोखामा लागेको आचार्यले बताए ।
गोली प्रहारबाट घाइते भएका कोइरालालाई उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पतालमा भर्ना गरिएको छ । गोली कसले र किन चलाएको हो भन्नेबारे थप अनुसन्धान भइरहेको एसपी आचार्यले बताए ।
प्रतिक्रिया