३ आश्विन २०८३, शनिबार | September 19, 2026

१ दर्जन सामुदायिक वनमा डढेलो लाग्दा गाउँबस्ती उच्च जोखिममा



डोटी । डोटी जिल्लाका कम्तीमा पनि १ दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन ।

सामुदायिक वनमा १ हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा स्थानीय गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा जलेर खरानी भएका छन ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका-४ कुल्पातेस्थित सामुदायिक वनमा बुधवार एकाएक डढेलो फैलिएपछि स्थानीय, वनका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी तथा दिपायल सिलगढीको दमकल र कर्मचारीको सक्रियतामा डढेलो निभाउन सकिएको डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भु तिवारीले जानकारी दिए ।

जोरायल, बडिकेदार, बोगटान फुड्सिल, सायल, आदर्श तथा शिखर नगरपालिकाको लेकाली क्षेत्रका जंगलमा लागेको डढेलो अझै निभाउन नसक्दा सयौं हेक्टर वन सखाफ हुँदै गएको जोरायल गाउँपालिका-१ का स्थानीय मोहन मल्लले बताए ।

‘पानी नपर्दा सुक्खायामले जंगलमा आगलागी भएको छ, निभाउन सकिएको छैन, सयौं हेक्टर जमिन तथा नयाँ उम्रिएका बिरुवा र बहुमूल्य जडीबुटी सबै जलेर खरानी भएको छ,’ उनले भने । यहाँका स्थानीय तहमा जंगल क्षेत्रका दर्जनौंं सामुदायिक वनमा डढेलो दिनहुँ बढ्दै गएको छ ।

डिभिजन वन कार्यालय तथा यहाँका सामुदायिक वनले ठोस पहल चाल्न नसकेका कारण डढेलो निभाउन नसकिएको स्थानीयको आरोप छ ।

जिल्लामा ३५० भन्दा बढी सामुदायिक वन रहेका छन् । यहाँका सामुदायिक वन प्रायः गाउँ घरसँग जोडिएकाले ती वनमा फैलिएको आगो गाउँमा आए गाउँ नै सखाप हुने भन्दै स्थानीयमा चिन्ता थपिएको छ । रासस

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ११ : ४९ बजे

पत्रकार टेकराज थामी वेपत्ता भएकोमा पाकिस्तानी राजदूत खानद्वारा दुःख व्यक्त

काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले भोटेकोशी

नागरिकलाई निराशामा राखेर राज्यव्यवस्था सफल हुन सक्दैन : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको दैनिक जीवनसँग

अर्थमन्त्री वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११