१७ बैशाख २०८१, सोमबार | April 29, 2024

१ दर्जन सामुदायिक वनमा डढेलो लाग्दा गाउँबस्ती उच्च जोखिममा



डोटी । डोटी जिल्लाका कम्तीमा पनि १ दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन ।

सामुदायिक वनमा १ हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा स्थानीय गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा जलेर खरानी भएका छन ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका-४ कुल्पातेस्थित सामुदायिक वनमा बुधवार एकाएक डढेलो फैलिएपछि स्थानीय, वनका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी तथा दिपायल सिलगढीको दमकल र कर्मचारीको सक्रियतामा डढेलो निभाउन सकिएको डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भु तिवारीले जानकारी दिए ।

जोरायल, बडिकेदार, बोगटान फुड्सिल, सायल, आदर्श तथा शिखर नगरपालिकाको लेकाली क्षेत्रका जंगलमा लागेको डढेलो अझै निभाउन नसक्दा सयौं हेक्टर वन सखाफ हुँदै गएको जोरायल गाउँपालिका-१ का स्थानीय मोहन मल्लले बताए ।

‘पानी नपर्दा सुक्खायामले जंगलमा आगलागी भएको छ, निभाउन सकिएको छैन, सयौं हेक्टर जमिन तथा नयाँ उम्रिएका बिरुवा र बहुमूल्य जडीबुटी सबै जलेर खरानी भएको छ,’ उनले भने । यहाँका स्थानीय तहमा जंगल क्षेत्रका दर्जनौंं सामुदायिक वनमा डढेलो दिनहुँ बढ्दै गएको छ ।

डिभिजन वन कार्यालय तथा यहाँका सामुदायिक वनले ठोस पहल चाल्न नसकेका कारण डढेलो निभाउन नसकिएको स्थानीयको आरोप छ ।

जिल्लामा ३५० भन्दा बढी सामुदायिक वन रहेका छन् । यहाँका सामुदायिक वन प्रायः गाउँ घरसँग जोडिएकाले ती वनमा फैलिएको आगो गाउँमा आए गाउँ नै सखाप हुने भन्दै स्थानीयमा चिन्ता थपिएको छ । रासस

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ११ : ४९ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।