४ बैशाख २०८१, मंगलबार | April 16, 2024

घरजग्गाको लालपूर्जा पाएपछि गरीब परिवार दंग



महोत्तरी । कैयौं वर्षदेखि आफ्नो जग्गा छ भन्न नपाएका महोत्तरीको मटिहानी नगरपालिका-१ का गरीब घरजग्गाको लालपूर्जा पाएपछि दंग भएका छन् ।

पहिलेको धिरापुर गाविसमा पर्ने (हाल, मटिहानी-१) का सिरसिया र धिरापुरका घरवासी बुधवार आफ्नो नाउँमा जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) पाएर दंग भएका हुन् ।

‘लाग्छ, जिन्दगीमा ठूलै कुरा पाएका छौं,’ बुधवार नापी कार्यालय महोत्तरी जलेश्वरले दिएको जग्गाधनी प्रमाणपूर्जा देखाउँदै मटिहानी–१ का ७० वर्षीय बिल्टु मण्डलले भने, ‘अब आफ्नै जग्गामा घर छ भन्नेमा ढुक्क भएका छौं ।’

नापी कार्यालय महोत्तरीले १ दशकअघि नापी गरिएको सिरसिया र धिरापुर बस्तीका गाउँब्लकभित्रका १६३ घरधुरी धनीलाई बुधबार जग्गाधनी प्रमाणपूर्जा प्रदान गरेपछि यी दुवै बस्तीमा खुशी छाएको हो ।

नापी कार्यालय महोत्तरीले जगाधनी प्रमाणपूर्जामा घरधनी मूलीको निधन भए पत्नीका नाउँमा र दुवै (पति/पत्नी) जीवित भए दुवैको संयुक्त नाउँ उल्लेख गरेपछि महिलामा पनि घरजग्गाको स्वामित्व स्थापित भएको छ । यसले महिलामा आत्म गौरव बढाएको मटिहानी नगर प्रमुख हरिप्रसाद मण्डल बताउँछन् ।

नापी कार्यालय महोत्तरीले चालू आर्थिक वर्ष २०७७/०७८ को हालसम्मको अवधिमा यसअघिका लक्ष्मीनियाँ, बलवा गाविसमा घरवासीलाई गाउँब्लकको जग्गाधनी प्रमाणपूर्जा वितरण गरिसकेको छ ।

पछिल्लोपटक धिरापुरसहित जम्मा ९०० जग्गाधनी प्रमाणपूर्जा प्रदान गरिएको नापी कार्यालय महोत्तरी जलेश्वरका प्रमुख राकेशकुमार झा ‘रसिक’ले जानकारी दिए । कार्यालयले जारी चैत महिनाभित्रै यसअघिका किसाननगर, पशुपतिनगर र मनरा गाविसका गाउँब्लक भित्रको जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने जनाएको छ ।

साविक गाउँब्लकका जग्गा नाप गरी जग्गाधनी प्रमाणपुर्जा प्रदान गर्न १ दशकअघि नै नापी टोली खटाई घरजग्गा नाप गरिएको थियो । लामो समयसम्म वितरण हुन नसकेको जग्गाधनी प्रमाणपूर्जा कार्यालयले क्रमशः वितरण गर्दै लगेको छ । रासस

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  १२ : ५२ बजे

बुटवलको कालिकानगरमा बेष्ट ईस्टिच्युट संचालन

बुटवल । बुटवलको कालिकानगरमा बेष्ट इस्टिच्युटले नेपालमै केही गरौ भन्ने

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै प्रस्ताव अस्वीकार, दुई दिनभित्र फेरी दाबी गर्न आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि

२३ किलो चरेस सहित रुकुमका बमबहादुर पुन बर्दियाबाट पक्राउ

बर्दिया । बर्दियाको फुटाहा स्थित नेपाल भारत सीमाको दशगजा नजिकैबाट

आजबाट भैरहवामा माछापुच्छ्रे बैंकले आफ्नै भवनबाट सेवा प्रबाह

बुटवल । माछापुच्छ्रे बैंकले रुपन्देहीको भैरहवामा आफ्नै भवनबाट सेवा दिन

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंक लिमिटेडका ग्राहकहरुलाई बिशेष छुट

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहकहरूले स्काइवाक टावरको अवलोकन भ्रमण