२३ बैशाख २०८१, आइतबार | May 5, 2024

गोसाइँकुण्डका होटल पूर्णरूपमा खुलाउन गृहकार्य



रसुवा । तीर्थालु एवं पर्यटकलाई खान, बस्न सहज पार्ने उद्देश्यका साथ लाङ्टाङ राष्ट्रिय निकुञ्जको अनुमतिमा सञ्चालित गोसाइँकुण्डका होटल तथा लज पूर्णरूपमा खुलाउन गृहकार्य अगाडि बढेको छ ।

गोसाइँकुण्डमा रहेका चार होटल तथा लजका सञ्चालकले जनैपूर्णिमा पर्वको मेलाबाहेक अन्य समयमा आलोपालो गरी एक वटाको दरले मात्र सञ्चालन गराउने र तीर्थ पुगेका भक्तजनबाट मनोमानी तवरले अनधिकृतरूपमा चर्को मूल्य असुल गर्ने जनगुनासो बढेपछि स्थानीय प्रशासनको पहलमा धार्मिक मार्गका होटल तथा लजको व्यवस्थापन कार्य अगाडि बढेको हो ।

प्रमुख जिल्ला अधिकारीको अगुवाइमा मङ्गलबार सम्पन्न सरोकारवाला पदाधिकारीको उपस्थितिमा भएको छलफलले धार्मिक मार्गको समस्या समाधान गर्न पहिलो कदम चालिएको छ । कुण्डको पानी जमेर बरफ बनेको मौका छोपीे मिनरल वाटर, खान, बस्नमा समेत अप्रत्यासितरूपले चर्को मूल्य असुल गरेको भन्ने यात्रुबाट व्यापक गुनासो आउन थालेपछि समुन्द्र सतहदेखि १४ हजार १०० फिटको उचाइमा अवस्थित पौराणिक धार्मिक एवं पर्यटकीय क्षेत्रको समस्या समाधान गर्न लाङ्टाङ राष्ट्रिय निकुञ्जलाई जिम्मेवार बनाई यात्रुका समस्या दिगोरूपले सम्बोधन गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कानूनले तोकेका आफ्नो कार्यक्षेत्रभित्र सञ्चालित होटलको नियमन गर्ने जिम्मेवार निकाय लाङ्टाङ राष्ट्रिय निकुञ्ज भएकाले तीर्थयात्रुबाट अनधिकृतरूपमा असुल्दै आएको चर्को शुल्कको जटिल समस्या समयमै समाधान हुने यात्रुले अपेक्षा गरेका छन् ।

गोसाइँकुण्डको धार्मिकमार्गअन्तर्गत चन्दनबारीसम्मको होटल तथा लजका विषयमा कुनै गुनासो नआएको र चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्डसमेतका स्थानमा रहेका नौ वटा होटल तथा लजले मात्र चर्को मूल्य असुल्ने गरेको जनगुनासो आएको रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताए ।

धार्मिक क्षेत्रमा होटल सञ्चालनको अनुमति दिने र व्यवस्थित गराउने पहिलो निकाय लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालय नै भएका कारण बास्तविकता बुझी १५ दिनभित्र समस्या समाधान गर्न र असहज परिस्थिति आएमा कानूनी कारवाहीका लागि रायसुझाव पेश गर्नसमेत निर्देशन दिइ सकिएको बताइएको छ ।

निकुञ्जको अगुवाइमा पर्यटन विभाग, गोसाइँकुण्ड क्षेत्र विकास समिति, होटल व्यवसायी समिति, स्थानीय तह, नागरिक समाज, उद्योग व्यवसाय सङ्घ, पत्रकार एवं सरोकार निकायसँगको समन्वय एवं छलफलबाट समस्याको समाधान गराउन निकुञ्जलाई निर्देशन दिइएको छ ।

निकुञ्ज क्षेत्रभित्रका सबै सम्पूर्ण होटल तथा लजको नवीकरण गराउने, प्यान, भ्याटको बिल प्रयोग गराउने, मूल्यसूची उपभोक्ताले देख्ने ठाउँमा टाँस गर्न लगाउने, टेण्डर प्रक्रियाबाट होटल व्यवस्थित गराउने, मदिरा बिक्री वितरणलाई कानूनी दायरामा ल्याउने र ‘सिण्डिकेट’ पूर्ण रोक लगाउन निकुञ्जका प्रमुख संरक्षण अधिकृतलाई जिम्मेवार बनाइएको छ ।

धुञ्चेको प्रवेश बिन्दुमा तीर्थालु तथा पर्यटनको आगमन अभिलेख थप प्रभावकारी गराउने, आगन्तुक पाहुनालाई राम्रो व्यवहार गरी पर्यटन प्रवद्र्धनमा सहयोग पु-याउन, पाहुनामाझ आइपर्ने समस्या समाधानमा सबै क्षेत्रको सहयोग मिल्नेमा स्थानीय प्रशासन आशावादी भएको प्रजिअ ढकालले जानकारी दिए ।

व्यवस्थापकीय कार्यअन्तर्गत व्यापारी र यात्रु दुवै पक्षलाई मर्का नपर्ने गरी खाने तथा बासस्थानको सही शुल्क निर्धारण हुनसके गोसाइँकुण्ड तीर्थमा धार्मिक यात्रु एवं पर्यटकको आगमन बढ्ने बताइएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  १० : ०९ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै